१०४ अंकले बढ्यो नेप्से

काठमाडौँ । बुधबार सेयर बजारको परिसूचक नेप्से १०४ अंकले बढेको छ। सो अंकको वृद्धिपछि परिसूचक २८१६ अंकमा कायम भएको छ। कारोबार रकम भने घटेको छ। कुल ६ अर्ब १७ करोड रुपैयाँको सेयर किनबेच भयो। मंगलबार ७ अर्ब ३६ करोड रुपैयाँको सेयर किनबेच भएको थियो भने सोमबार ८ अर्ब ४९ करोडको कारोबार भएको थियो।

सबै समूहमा हरियाली छाएको छ। बैंकिङ ६०, ब्यापार १३२, होटल तथा पर्यटन १३६, विकास बैंक ३८१, जलविद्युत १६९, फाइनान्स २०७, निर्जीवन बीमा ४४१, उत्पादन १८२, अन्य ४१, माइक्रोफाइनान्स १७०, जीवन बीमा ५५१ र लगानी समूह ३ अंकले बढे। यस दिन १३ कम्पनीको मूल्य १० प्रतिशत र ५ कम्पनीको मूल्य ९.९ प्रतिशतले बढेको छ।

प्रिमियर इन्स्योरेन्स, बेस्ट फाइनान्स, गुहेश्वरी मर्चेन्ट फाइनान्स, आइसिएफसी फाइनान्स, कर्पोरेट डेभलपमेन्ट बैंक, मल्टिपर्पोज फाइनान्स, सिन्धु विकास बैंक, रिलायन्स फाइनान्स, दिव्यश्वरी हाइड्रो, युनिभर्सल पावर, युनियन हाइड्रोपावर, हिमाल दोलखा हाइड्रोपावर र लिबर्टी इनर्जीको मूल्य १० प्रतिशतले बढेको छ।

मनकामना स्मार्ट लघुवित्त, श्री इन्भेष्टमेन्ट फाइनान्स, पन्कन्या माइ हाइड्रोपावर, माउन्टेन हाइड्रो र साइन रेसुङ्गा विकास बैंकको मूल्य ९.९ प्रतिशतले बढेको छ। यस दिन कुनै पनि कम्पनीको सेयर मूल्य घटेको छैन। ४ वटा म्युचुअल फण्ड तथा डिवेन्चरको मूल्य घटेको छ। अरुण भ्याली हाइड्रोपावरको सबैभन्दा बढी २३ करोड रुपैयाँ बराबरको सेयर किनबेच भयो । सेतोपाटीबाट

सम्बन्धित समाचार

thumbnail

भगवती कोतमा तीन लाख रुपैयाँमा ‘सरकारी राँगो’मार हान्ने खड्कालाई सम्मान

म्याग्दी। म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवतीस्थित भगवती कोतमन्दिरमा नवमीको दिनमा सरकारी रागोको मार हान्ने आर्यन खड्कालाई पुजा समिति र राखुबासीलेज्ञ भब्य सम्मान गरेका छन् । तीन लाख रुपैयाँ बोलकवोलमा सरकारी राँगो भगवती बयरी…

thumbnail

‘भारतको आर्थिक वृद्धि यो वर्ष दोहोरो अङ्कमा हुनेछ’

एजेन्सी । भारतका केन्द्रीय अर्थमन्त्री निर्मला सीतारमणले यो वर्ष भारतको आर्थिक वृद्धिदर १० प्रतिशत नजिक हुने दाबी गरेकी छन् । उनले भारत विश्वकै सबैभन्दा तीव्र गतिमा बढ्ने अर्थव्यवस्थामध्ये एक हुने बताएकी हुन्…

thumbnail

सरकारले बलिको पैसा दिँदैन, दरबारले पठाउन छाड्यो टीका र जमरा

कास्की । नेपालको शाहवंशीय राज्यसत्ता कास्कीबाट सुरु भएको हो । कास्कीकोट दरबारमा कुलमण्डन खाँले राज्य गरेपछि शाह वंशको सुरुआत भयो । पछि लमजुङबाट गोरखा हुँदै काठमाडौं बसाईं सरे । विस्तारै पुराना दरबारहरू…