१८ अंकले घट्यो नेप्से

काठमाडौँ । दुई दिन सुधार आएपछि फेरी सेयर बजार ओरालो लाग्न थालेको छ । साताको पहिलो दिन आइतबार ७१ र हिजो सोमबार सामान्य अंकले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज घटेको हो । कारोबार सुरु हुँदा बढेपनि अन्त्यमा १८ अंकले घटेर नेप्से परिसूचक २९ सय २९ अंकमा आइपुगेको छ ।

यसक्रममा आज १ करोड ६ लाख कित्ता सेयर किनबेच भइ ५ अर्ब १९ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । बजार घटेको दिन कारोबार भएका सबै १३ वटै समूहमा गिरावट आएको छ । जसमध्ये, निर्जीवन बीमा समूहमा सबैभन्दा बढी २७७ अंक, जीवन बीमा समूह १४४ अंक र उत्पादनमूलक समूहमा ६७ अंकको गिरावट आएको छ ।

नेप्से परिसूचक घटेपनि आज मनकामना स्मार्ट लघुवित्त र सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि आएको छ । लघुवित्तको सेयर मूल्य १० प्रतिशतले बढ्दा सानिमाको सेयर मूल्य ९ प्रतिशतले बढेको हो । रातोपाटीबाट

सम्बन्धित समाचार

thumbnail

भगवती कोतमा तीन लाख रुपैयाँमा ‘सरकारी राँगो’मार हान्ने खड्कालाई सम्मान

म्याग्दी। म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवतीस्थित भगवती कोतमन्दिरमा नवमीको दिनमा सरकारी रागोको मार हान्ने आर्यन खड्कालाई पुजा समिति र राखुबासीलेज्ञ भब्य सम्मान गरेका छन् । तीन लाख रुपैयाँ बोलकवोलमा सरकारी राँगो भगवती बयरी…

thumbnail

‘भारतको आर्थिक वृद्धि यो वर्ष दोहोरो अङ्कमा हुनेछ’

एजेन्सी । भारतका केन्द्रीय अर्थमन्त्री निर्मला सीतारमणले यो वर्ष भारतको आर्थिक वृद्धिदर १० प्रतिशत नजिक हुने दाबी गरेकी छन् । उनले भारत विश्वकै सबैभन्दा तीव्र गतिमा बढ्ने अर्थव्यवस्थामध्ये एक हुने बताएकी हुन्…

thumbnail

सरकारले बलिको पैसा दिँदैन, दरबारले पठाउन छाड्यो टीका र जमरा

कास्की । नेपालको शाहवंशीय राज्यसत्ता कास्कीबाट सुरु भएको हो । कास्कीकोट दरबारमा कुलमण्डन खाँले राज्य गरेपछि शाह वंशको सुरुआत भयो । पछि लमजुङबाट गोरखा हुँदै काठमाडौं बसाईं सरे । विस्तारै पुराना दरबारहरू…