काठमाडौँमा खसीबोका बिक्री नहुँदा व्यापारी निराश

काठमाडौँ । काठमाडौँ उपत्यकामा खसीबोका बिक्री वितरण सुस्ताएको व्यापारीहरूले गुनासो गरेका छन् । कोरोनाको कारण व्यापार व्यवसाय कम भएको गुनासो गरेका हुन् । कोरोना महामारीले गर्दा कतिपयले रोजगारी नै गुमाएको अवस्था रहेको र कतिपय मानिसहरू गाउँमा दसैँ मनाउन गएकोले काठमाडौँमा खसीबोका व्यापार कम भएको बताएका छन् ।

खसीबोकाको व्यापारमा काठमाडौँका स्थानीय व्यापारीहरूको राम्रो व्यापार भए पनि बाहिरबाट खसीबोका लिएर आउने व्यापारीहरूले परलमोल नै उठाउन नसकेको गुनासो गरेका छन् । काभ्रेबाट खसी बोका बिक्री गर्न भन्दै बबरमहलमा आएका जनक लामाले गत वर्षको तुलनामा यस वर्ष व्यापार हुन नसकेको बताए । गत वर्ष ३ सय खसी बोका ल्याउँदा फूलपातीकै दिन बेचेर जाने गरेको बताउँदै उनले यस वर्ष अझै सय वटा बोका बेच्न बाँकी रहेको बताए ।

व्यापारी लामाले भने, ‘यस वर्ष पोहोरको तुलनामा आधा पनि व्यापार भएको छैन, सबै जना गाउँ गएको हो कि,खाने मान्छे नै नभएको हो कि रुमहँगोले पनि होला,मैले साढे तीन सय ल्याएको थिएँ, अझै १ सय वटा बाँकी छ, पोहोर फूलपातीकै दिन सकाएर जान्थ्यौँ, यसपालि सयवटा बाँकी नै छ, मैले ६ सयदेखि ६५० सम्ममा बिक्री वितरण गरिरहेको छु ।’

त्यस्तै धादिङबाट खसीबोका ल्याएर भृकुटीमण्डपबाट बेच्दै आउनुभएका परशुराम चौलागाँईले पनि गत वर्षको जस्तो व्यापार नरहेको बताए । उनले यस पटक खसी किनेको परलमोल नै उठाउन हम्मे हम्मे परेको गुनासो गरे । उनले कोरोनाका कारण ग्राहकहरूको खरिद शक्ति ९पैसाको कमी भएको० नभएको बताए । किन्न आएका ग्राहकहरूले मूल्य थोरै दिने गरेको बताए ।

व्यापारी चौलागाइँले भने, ‘पहिला महँगो भयो, अहिले आएर घट्यो, त्यसैले यताका व्यापारीहरू सबै गाउँमा पसे, गाउँमा ६५० भयो, व्यापारीहरूमा नै प्रतिस्पर्धा भयो, पोहोर आजका दिनसम्म खसी किन्नेहरूले झम्टिएर लैजान आइपुग्थे यस वर्ष त्यति व्यापार हुन सकिरहेको छैन, अहिले २२, २५ हजारको खसिलाई १४ हजार दिन आउँछन्, हामीले साउँसम्म उठाउन पाए हुन्थ्यो भनेर बेचिरहेका छौँ, खोरमा हरायो भने पनि केही पैसा नपाउने रहेछ, आफैँ चिनेर लैजानुस् भन्ने, कहाँ खोज्न जानु ? हराएपछि आफैँलाई घाटा छ । ३५,४० वटा बेचिसक्यौँ, अब १०,१५ वटा बाँकी छ, कोरोनाले असर गरेको छ, व्यापारीहरूलाई त छँदै छ, ग्राहकहरूसँग पनि पैसा कमाएका छैनन्, अनि कसरी खसी किन्नु ।’ बाहिरबाट खसीबोका र च्याङ्ग्रा बिक्री गर्न काठमाडौँ आएका व्यापारीहरू चाहे जस्तो व्यापार नहुँदा निराश देखिएका छन् । रातोपाटीबाट

सम्बन्धित समाचार

thumbnail

भगवती कोतमा तीन लाख रुपैयाँमा ‘सरकारी राँगो’मार हान्ने खड्कालाई सम्मान

म्याग्दी। म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवतीस्थित भगवती कोतमन्दिरमा नवमीको दिनमा सरकारी रागोको मार हान्ने आर्यन खड्कालाई पुजा समिति र राखुबासीलेज्ञ भब्य सम्मान गरेका छन् । तीन लाख रुपैयाँ बोलकवोलमा सरकारी राँगो भगवती बयरी…

thumbnail

थप ३६५ जनामा कोरोना संक्रमण, ४ को मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ३ सय ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ५ सय ९४ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा…

thumbnail

साफ च्याम्पियनसिप : नेपाल पहिलो पटक फाइनलमा

काठमाडौं । नेपाल पहिलो पटक साफ च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ । माल्दिभ्समा बुधबार भएको आफ्नो समूह चरणको अन्तिम खेलमा बंगलादेशसँग १-१ को बराबरी खेलेपछि नेपालले इतिहास रचेको हो । सन्…