खुर्पा प्रहार गरी बाबुद्वारा छोराको हत्या

सल्यान । सल्यानमा बाबुले छोराको हत्या गरेका छन् । मासुको विषयलाई लिएर विवाद भएपछि जिल्लाको बन्गाड कुपिण्डे नगरपालिका १० माझकाँडाका वर्ष ५५ का नीमबहादुर कवरले धाँरिलो हतियार (खुर्पा) प्रयोग गरी वर्ष ३३ का छोरा रुपलाल कवरको हत्या गरेका हुन् ।

मंगलबार दिउँसो बाबुछोराबीच मासुको विषयमा सामान्य विवाद भएको र राति करिब १० बजे नीमबहादुरले घरमै छोराको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी तथा प्रहरी प्रवक्ता प्रहरी निरीक्षक अर्जुन पौडेलले जानकारी दिनुभयो। उहाँका अनुसार रुपलालको घटनास्थलमै मृत्यु भएको हो ।

मंगलबार दिउँसो राँगा काटेका बेला बाबु नीमबहादुरले आफूलाई कम मासु दिएको भन्दै रुपलालले झगडा गरेका थिए । राती रुपलाल मदिरा सेवन गरी बाबुको घरमा जाँदा धारिलो हतियार प्रयोग गरी हत्या भएको प्रहरीले जनायो । अभियुक्त नीमबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ekantipurबाट

सम्बन्धित समाचार

thumbnail

मासु भाग लगाउने क्रममा विवाद हुँदा एक युवकको हत्या

काठमाडौँ । दसैँमा मासु भाग लगाउने क्रममा भएको विवादको क्रममा एक युवकको हत्या भएको छ । सिन्धुलीको कमलामाई नगरपालिका–११ छतिवन बस्ने २१ वर्षीय बिक्रम लामगादेको हत्या भएको हो । फूलपातीको अवसरमा गाउँमा…

thumbnail

श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ

काठमाडौं । भोजपुरमा श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले श्रीमानलाई पक्राउ गरेको छ। ४० वर्षीया श्रीमती छोती शेर्पाको हत्या गरेको आरोपमा भोजपुर सापासिलिछो गाउँपालिका वडा नम्बर ५ बाक्सिन्दा बस्ने ४० वर्षीय फराछेतर शेर्पालाई…

thumbnail

वडा अध्यक्षको कुटाइबाट युवक गम्भीर घाइते

सप्तरी । रुपनी गाउँपालिका–१ का वडा अध्यक्ष पिताम्बर यादवको कुटाइबाट स्थानीय २५ वर्षीय दलित युवा गम्भीर घाइते भएका छन् । महिलालाई भगाएको विषयमा बसेको ‘पञ्चायती’ मा वडा अध्यक्ष यादवले स्थानीय पुरुषोत्तम सदालाई…