थप ३६५ जनामा कोरोना संक्रमण, ४ को मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ३ सय ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ५ सय ९४ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ४ जनाको मृत्यु भएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ६ सय ९ जना निको भएका छन् । मन्त्रालयका अनुसार हालसम्म ७ लाख ७८ हजार ३ सय ५० संक्रमित निको भएका छन् । नेपालमा हाल सक्रिय संक्रमितको संख्या १४ हजार २ सय ६७ रहेको छ । कोरोनाका कारण नेपालमा मृत्यु हुनेको संख्या ११ हजार २ सय ६१ पुगेको छ ।

सम्बन्धित समाचार

thumbnail

थप २५५ जनामा कोरोना संक्रमण, २ को मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा २ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ४ सय ६९ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा…

thumbnail

थप दुई साता अष्ट्रेलियाको सीमा नखुल्ने

एजेन्सी । अस्ट्रेलियाले अन्तर्राष्ट्रिय सीमा तत्काल नखोल्ने भएको छ। यसअघि आगामी बुधबार अर्थात् डिसेम्बर १ देखि अन्तर्राष्ट्रिय सिमाना खुला गर्ने निर्णय गरिसकेको अस्ट्रेलियन सरकारले थप दुई साता सीमा नखोल्ने जनाएको हो। सोमबार…

thumbnail

ओमिक्रोनको प्रभावले अस्ट्रेलिया प्रवेशमा पुनः कडाइ

सिड्नी । आगामी डिसेम्बेर १ देखि मान्यता प्राप्त खोपका दुवै मात्रा लगाएका भिसा वाहक, दक्ष कामदार तथा अन्तर्राष्ट्रिय विद्यार्थीका लागि खुलेको अस्ट्रेलियाको अन्तर्राष्ट्रिय सिमामा पुनः कडाइ हुने भएको छ। अष्ट्रेलिया भित्रिएका तीन…