नेकपा एमाले बेनी नगरपालिका अध्यक्षमा जिसी

म्याग्दी । नेकपा एमाले बेनी नगरपालिका नगर कमिटीको अध्यक्षमा नारायण जिसी सर्वसम्मत चयन हुनुभएको छ । ७५ सदस्यीय नगर कमिटीको उपाध्यक्षमा लिलाराम गौतम, सचिवमा सुवास बिश्वकर्मा, उपसचिवमा हिरा बहादुर थापा र लक्ष्मण कटुवाल चयन हुनुभएको छ ।

मंगलबार देखि सुरु भएको अधिवेशनमा अध्यक्ष लगाएतका पदमा आंकाक्षीहरु धेरै देखिएकाले अधिवेशनको बन्द सत्र बुधबार सम्म लम्विएको थियो । अध्यक्षका आकांक्षी राजकुमार थापाले दाबी फिर्ता लिएर अर्का प्रत्याशी जिसीलाई समर्थन गर्नुभएको थियो । जिसी र चन्द्र कुमार केसी बिच सहमति गराउनका लागि पार्टी नेतृत्वले बुधबार दिनभर कसरत गरेका थिए ।

चुनावी प्रक्रियामा नजाने भन्दै एमाले म्याग्दीको सचिवालय कमिटिले नगर कमिटी चयन गर्ने जिम्मेवारी लिएको थियो । सचिवालयको विशेष वैठकपछि सबैलाई मान्यहुने गरि नगर कमिटी चयन गरिएको एमाले म्याग्दीका अध्यक्ष हरिकृष्ण श्रेष्ठले बताउनुभयो ।

 

सम्बन्धित समाचार

thumbnail

बेनी बजारलाई व्यवस्थित र सुन्दर बनाउन छलफल,सडक अतिक्रमण गरी बनाइएका संरचना हटाउन ७ दिने सुचना

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनी बजारलाई व्यवस्थित र सुन्दर बनाउन सरोकालाहरु विच छलफल भएको छ। म‌गलबार  बेनी नगरपालिकाको कार्यालयमा सरोकारवाहरुविच गरिएको छलफलले बेनी बजारलाई सुन्दर र ब्यवस्थित बनाउन होटल, फेन्सी खाद्यान्न, फलफूल…

thumbnail

माओवादी केन्द्र बेनी नगरपालिकाको अध्यक्षमा केसी (तस्बिर )

बेनी । नेकपा माओवादी केन्द्र बेनी नगर कमिटीको अध्यक्षमा सेरबहादुर केसी निर्बिरोध निर्बाचित हुनुभएको छ । बेनीमा शनिबार सम्पन्न प्रथम नगर अधिबेशनले केसीको अध्यक्षतामा ७५ सदस्यीय नगर कमिटी चयन भएको हो ।…

thumbnail

नगरपालिकाको मध्यकालीन खर्च संरचना तर्जुमा सम्बन्धी अभिमुखीकरण

म्याग्दी । जिल्लाको बेनी नगरपालिकाको मध्यकालीन खर्च संरचना तर्जुमासम्बन्धी अभिमुखीकरण कार्यक्रम बिहीबार म्याग्दीको सदरमुकाम बेनीमा सम्पन्न भएको छ । नेपाल नगरपालिका संघको आयोजना, द एसिया फाउण्डेशनको सहयोग र रुरल एण्ड अर्वन कन्सल्ट…