‘भारतको आर्थिक वृद्धि यो वर्ष दोहोरो अङ्कमा हुनेछ’

एजेन्सी । भारतका केन्द्रीय अर्थमन्त्री निर्मला सीतारमणले यो वर्ष भारतको आर्थिक वृद्धिदर १० प्रतिशत नजिक हुने दाबी गरेकी छन् । उनले भारत विश्वकै सबैभन्दा तीव्र गतिमा बढ्ने अर्थव्यवस्थामध्ये एक हुने बताएकी हुन् । सीतारमण हाल अमेरिकाको भ्रमणमा रहेकी छन् । उनले यो कुरा हार्वर्ड केनेडी स्कुलमा बताएकी हुन् ।

उनको अर्को वर्ष आर्थिक विकास ७।५–८।५ प्रतिशतबीच हुने र अर्को दशकसम्म कायम रहने बताइन् । उनले भनिन्, ‘जहाँसम्म भारतको आर्थिक वृद्धिदरको सवाल छ, हामी यो वर्ष दोहोरो अङ्क नजिक पाउनेछौँ र यो दर विश्वमा सबैभन्दा धेरै हुनेछ । अर्को वर्ष यो विकासको दर निश्चित रूपमा कहीँ न कहीँ आठ प्रतिशतको नजिक रहनेछ ।’

उनले हालसम्म अर्थमन्त्रालयले विकास दरको बारेमा कुनै आधिकारिक अनुमान नलगाएको पनि बताइन् । तर विश्व बैंक, आईएमएफ र रेटिङ एजेन्सी सबैले भारतको यही हिसाबको आर्थिक वृद्धिदर आँकलन गरेको जिकिर गरिन् । कोरोना महामारीको असर भारतको अर्थतन्त्रमा पनि परेको छ । देशमा बेरोजगारी पनि बढेको छ । तर, अब देशको अर्थव्यवस्था पुनः ट्रयाकमा आउने आशा गरिएको छ ।बीबीसी हिन्दी

सम्बन्धित समाचार

thumbnail

साफ च्याम्पियनसिप : नेपाल पहिलो पटक फाइनलमा

काठमाडौं । नेपाल पहिलो पटक साफ च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ । माल्दिभ्समा बुधबार भएको आफ्नो समूह चरणको अन्तिम खेलमा बंगलादेशसँग १-१ को बराबरी खेलेपछि नेपालले इतिहास रचेको हो । सन्…

thumbnail

अस्ट्रेलियामा तामाङलाई म्यान फिजिक्स २०२१ को उपाधि

काठमाडौँ । विजयसिंह तामाङले साउथ अस्ट्रेलियाको म्यान फिजिक्स २०२१ को उपाधि जित्न सफल भएका छन् । उक्त उपाधि जितेसँगै उनी अस्ट्रेलियाको एडिलेड स्टेटको च्याम्पियन बनेका छन् । यसभन्दा पहिले उनले वि.सं.२०७३ सालमा…

thumbnail

नेपाली राष्ट्रिय फुटबल टिमको बान्डोस टापुमा दसैं

माले, माल्दिभ्स । खेलाडी भएपछि दसैं घरमै मनाऔं भन्ने अवसर पनि नजुट्ने रहेछ । प्रतियोगिता र त्यसको तयारीले दसैं टिमसँगै मनाइएका अनेक उदाहरण छन् । परिवारबाट टाढा रहनुले मन पक्कै केही खिन्न हुँदो हो,…