मासु भाग लगाउने क्रममा विवाद हुँदा एक युवकको हत्या

काठमाडौँ । दसैँमा मासु भाग लगाउने क्रममा भएको विवादको क्रममा एक युवकको हत्या भएको छ । सिन्धुलीको कमलामाई नगरपालिका–११ छतिवन बस्ने २१ वर्षीय बिक्रम लामगादेको हत्या भएको हो ।

फूलपातीको अवसरमा गाउँमा स्थानीय मिली राँगा काटी मासु भाग लगाउने क्रममा विवाद भई झगडा हुँदा बिक्रममाथि दाउराको चिर्पट प्रहार गर्दा गम्भीर घाइते भएका थिए । जिल्ला अस्पताल सिन्धुलीमा उपचारको क्रममा मृत्यु भएको थियो । उहाँको मृत्युपछि जिल्ला प्रहरी कार्यालय सिन्धुली र ईलाका प्रहरी कार्यालय भिमानबाट खटिएको प्रहरीले स्थानीय दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने ३० वर्षीय मेख बहादुर जर्गा मगर र २५ वर्षीय दिनेश जर्गा मगर रहेका छन् । रातोपाटीबाट

सम्बन्धित समाचार

thumbnail

श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ

काठमाडौं । भोजपुरमा श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले श्रीमानलाई पक्राउ गरेको छ। ४० वर्षीया श्रीमती छोती शेर्पाको हत्या गरेको आरोपमा भोजपुर सापासिलिछो गाउँपालिका वडा नम्बर ५ बाक्सिन्दा बस्ने ४० वर्षीय फराछेतर शेर्पालाई…

thumbnail

खुर्पा प्रहार गरी बाबुद्वारा छोराको हत्या

सल्यान । सल्यानमा बाबुले छोराको हत्या गरेका छन् । मासुको विषयलाई लिएर विवाद भएपछि जिल्लाको बन्गाड कुपिण्डे नगरपालिका १० माझकाँडाका वर्ष ५५ का नीमबहादुर कवरले धाँरिलो हतियार (खुर्पा) प्रयोग गरी वर्ष ३३…

thumbnail

वडा अध्यक्षको कुटाइबाट युवक गम्भीर घाइते

सप्तरी । रुपनी गाउँपालिका–१ का वडा अध्यक्ष पिताम्बर यादवको कुटाइबाट स्थानीय २५ वर्षीय दलित युवा गम्भीर घाइते भएका छन् । महिलालाई भगाएको विषयमा बसेको ‘पञ्चायती’ मा वडा अध्यक्ष यादवले स्थानीय पुरुषोत्तम सदालाई…