मोतीपुरमा सुकुम्बासी मारिएको घटनाको दोषीलाई कारबाही गर : राष्ट्रिय जनमोर्चा

काठमाडौं । राष्ट्रिय जनमोर्चाले रुपन्देहीको मोतीपुरमा प्रहरीको गोलीले सुकुम्बासी मारिएको घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेको छ ।जग्गाको विषयलाई लिएर भएको घटनामा सरकार वा राज्यका निकायले संयमता अपनाउन नसक्दा र कुशलतापूर्वक समाधान गर्न नसकेर ४ जनाको मृत्यु भएको जनमोर्चाले बताएको छ ।

सरकारले मृतकका परिवारलाई क्षतिपूर्ति दिनुपर्ने र घाइतेहरुको निःशुल्क उपचारको प्रबन्ध गर्नुपर्ने अध्यक्ष चित्रबहादुर केसीले बताएका छन् । लुम्बिनी प्रदेश स्तरीय औद्योगिक क्षेत्र बनाउन भनेर त्यहाँ बसोबास गरिरहेका जनतालाई क्षतिपूर्ति दिने भनिएता पनि अहिलेसम्म क्षतिपूर्ति दिइएको छैन । राष्ट्रिय जनमोर्चाले उनीहरुलाई क्षतिपूर्ति दिन माग गरेको छ ।

भूमिसम्बन्धी समस्या हल गर्न विभिन्न समयमा विभिन्न प्रकारका आयोग वा कार्यदल बनेको तर तिनले समस्याको समाधान गर्न नसकेको राष्ट्रिय जनमोर्चाले बताएको छ । ‘आज पनि त्यो समस्याले गर्दा एकातिर सामन्त, जग्गा माफिया र गुठीका नाममा जग्गाको दुरुपयोग भएको छ’ अध्यक्ष केसीले भनेका छन् ।

कतिपय राजनीतिक दलका सम्बद्ध स्थानीय कार्यकर्ता र भूमाफिया मिलेर ती भूमिहीन सुकुम्बासीहरुबाट पैसा असुल गरेर ठूलो मूल्य पर्ने परती जग्गा ओगट्न राख्ने तर जग्गा भने आफ्नो नाममा दर्ता गर्ने गरेको पनि राष्ट्रिय जनमोर्चाले उल्लेख गरेको छ । अनलाइनखबरबाट

सम्बन्धित समाचार

thumbnail

दोलखाको झुलेमा एकै परिवारका ३ जना मृत फेला

दोलखा । दोलखाको तामाकोसी गाउँपालिका–२ झुलेमा एकै परिवारका ३ जना मृत अवस्थामा फेला परेका छन् । बुधबार बिहान २७ वर्षीय श्याम तामाङ, उनकी २५ वर्षीया श्रीमती अम्बिका र ५ दिने नाबालक छोरा…

thumbnail

जुम्लामा बस दुर्घटना : २ जनाको मृत्यु, २ घाइते

कर्णाली । जुम्लाको सिंजा गाउँपालिकामा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा दुई जना घाइते भएका छन्। कनकासुन्दरी गाउँपालिकाको गुठीज्यूलाबाट नेपालगञ्ज जाँदै गरेको ना६ख ४४३८ नम्बरको बस सिंजा गाउँपालिका–२ जुम्ला…

thumbnail

अमेरिकाको मिशिगनको हाइस्कुलमा १५ वर्षे विद्यार्थीद्वारा गोलीबारी, तीनको मृत्यु ८ घाइते

एजेन्सी । अमेरिकाको मिशिगनमा एक हाइस्कुलमा भएको गोलीबारीमा तीन विद्यार्थीको मृत्यु भएको छ भने एक शिक्षकसमेत आठ जना घाइते भएका छन् । अधिकारीका अनुसार मृत्यु हुनेमा १६ वर्षका किशोर, १४ वर्षकी बालिका…