सगरमाथा हिमाल आरोही क्याप्टेन गौचनलाई सम्मान(तस्बिर)

बेनी । थकाली सेवा समिति नेपाल ,बेनी क्षेत्रले गत बैशाख २८ गते सगरमाथा हिमालको सफल आरोहण गर्नुभएका बेनी निवासी पाईलट केशबप्रसाद (सोवित) गौचनलाई सम्मान गरेको छ ।

थकाली सेवा समिति नेपालको आयोजना र थकाली सेवा समिति बेनी क्षेत्रको सहआयोजनामा बेनीमा आयोजना गरेको तोरन्ल्ह गोल्डकप प्रतियोगिताको अवसरमा आइतबार गौचनलाई पूर्वराज्यमन्त्री भिमप्रसाद गौचन मार्फत खादा र सम्मानपत्रद्धारा सम्मान गरिएको हो । ​बेनी क्षेत्रबाट सगरमाथा आरोहण गर्ने गौचन पहिलो व्यक्ति हुनुहुन्छ । उहाँले २०७८ बैशाख २८ गते बिहान ७ १५ बजे विश्वकै अग्लो सगरमााथा हिमालको सफल आरोहण गर्नुभएको थियो ।

सम्बन्धित समाचार

thumbnail

म्याग्दीका उच्च क्षेत्रमा हिमपात,जनजिवन प्रभावित (फोटो फिचर)

म्याग्दी । म्याग्दीको माथिल्लो क्षेत्रमा बुधबार बिहानैदेखि वर्षासँगै हिमपात भएको छ । वर्षा र हिमपातका कारण यहाँको जनजीवन प्रभावित बनेको छ ।जिल्लाको माथिल्लो क्षेत्रमा हिमपात भएपछि मानिस र पशु चौपाया जाडोका कारण…

thumbnail

चन्द्रागिरिमा हिउँ पर्‍यो (तस्बिरहरु)

काठमाडौं । काठमाडौंको चन्द्रागिरिमा हिउँ परेको छ ।पश्चिमी वायुको प्रभावले बुधबार बिहान देशका विभिन्न ठाउँमा वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भएको छ । काठमाडौं वरपरका डाँडामा पनि हल्का हिमपात…

thumbnail

धवलागिरि गाउँपालिकाद्धारा वडामै पुगेर योजना सम्झौता (तस्बिरहरु)

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिकाले वडामै पुगेर उपभोक्ता समितिसंग योजना सम्झौता गरेको छ । भौगोलिक रुपमा विकट र दुर्गम गाउँपालिकाले वडामै पुगेर उपभोक्ता समिति संग योजना सम्झौता गरेपछि झन्झट हट्नुका साथै समय…