सप्तरीका साधुले उमारे शरीरमाथि जमरा

जनकपुरधाम । धनुषामा एक जना साधुले आफ्नै शरीरमा जमरा उमारेका छन् । धनुषाको कमला नगरपालिका– ८ र ९ को सीमामा पर्ने माता लिलावती थान नजिकैको आश्रमका साधु खाल्डो खनी सुतेका छन् । र, आफ्नै शरीरमाथि माटो थुपारेर जमरा उमारेका हुन् ।

सप्तरी सदरमुकाम राजविराज घर भएका ३५ बर्षीय मनोज कुमार देशमा सुख र शान्तिको कामना गर्दै निराहार ब्रत बसेका छन् र शरीरमा जमरा उमारेका हुन् । ‘यो देश नेपाल ऋषिमुनीहरुको देश हो । प्रत्येक दशैंमा ऋषिहरुले यस किसिमको तपस्या गर्ने गर्थे’ मनोजले भने, ‘अहिले बन्द भएको अवस्था छ । अरुले नगरेपनि म देश र सबै जनताको नाममा यो तपस्या गरिरहेको छु ।’

साधु मनोजकुमार भन्छन्, ‘ऋषिमुनीले देश र समाजका लागि सोंच्थे, त्यही भएर त्यो बेला देशको अवस्था ठीक रहन्थ्यो, तर, अहिले देशका लागि कसैले सोच्दैनन् । सबै आफ्नो लागि मात्रै सोंच्ने गर्छन् ।’ उनले लगातार २१ बर्षदेखि दशैंमा यसरी जमरा उमार्दै आएको बताए । भारतको बंगाल र दिल्लीमा पनि यस किसिमको तपस्या गरेको साधु मनोजकुमारले बताए ।राजा जनकले पनि यस किसिमको तपस्या गर्ने गरेको भन्दै उनी भन्छन्, ‘म केही पनि खान्नँ, केही पिउँदिनँ तैपनि बोलिरहेको छु । यो नै दैवी शक्ति हो ।’

देशका पूर्वजले आफ्नो शरीरमा दुःख, कष्ट गरी अरुलाई सुख दिँदै आएपनि अहिले त्यो क्रम हराइसकेको भन्दै साधु मनोजकुमारले तपस्याको अर्थ नै आफूलाई दुःख दिएर अरुलाई सुख दिनु भएको बताए । ‘धेरै मान्छे दुःखी छन् । उनीहरुको दुःख हटोस्, देशमा सुख र शान्ति आओस् त्यसकै निम्ति म प्रत्येक दशैंमा यस किसिमको तपस्या गर्दै आएको छु’ उनले भने । अनलाइनखबरबाट

सम्बन्धित समाचार

thumbnail

राप्रपा र एमालेलाई एजेन्डाले एक ठाउँमा ल्याउन सक्छ : पोखरेल

काठमाडौँ । नेकपा (एमाले) वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले राप्रपा र एमालेलाई एजेन्डाले एकैस्थानमा ल्याउन सक्ने बताउनुभएको छ । काठमाडौँमा बुधबारबाट सुरु भएको राप्रपाको महाधिवेशनलाई सम्बोधन गर्दै उहाँले राप्रपा र एमालेको सम्बन्धलाई अझै…

thumbnail

५.२८ अंकले बढ्यो नेप्से

काठमाडौँ । साताको चौथो कारोबार दिन बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सामान्य अंकको सुधार देखिएको छ । नेप्से ५ दशमलव २८ अंकले बढेर दुई हजार ६३३ दशमलब ६६ विन्दुमा पुगेर कारोबार बन्द…

thumbnail

अत्यावश्यक नपरी विदेश भ्रमण नगर्न स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अत्यावश्यक नपरी विदेश भ्रमणमा नजान आग्रह गरेको छ । अफ्रिकी मुलुकहरूमा हालै पहिचान भएको ओमिक्रोन भेरियन्ट दक्षिण अफ्रिका र एसियाकै केही देशमा तिव्र बिस्तार भइरहेकोले सो…