म्याग्दीमा ७ वर्षिया बालिका बलात्कृत ,७८ वर्षिय हजुरबुबा पक्राउ

म्याग्दी। म्याग्दीको बेनी नगरपालिकामा एक ७ बर्षिया बालिका आफ्नै हजुरबुबाबाट बलात्कृत भएकी छिन् । शनिवार अपरान्न करिब ४ बजे ७ बर्षिया बालिका आफ्नै ७८ बर्षका बृद्ध हजुरबुबाबाट बलात्कृत भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आफ्नै घरकी नातिनिलाई जवरजस्ती करणी गर्ने निज बृद्धलाई पक्राउ गरि आबश्यक अनुसंधान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

आफ्नै घरमा नै हजुरबुबाले नातिनिलाई जवरजस्ती करणी गरेको खवर आएपछि तत्काल प्रहरी टोली घटनास्थलमा पुगेर निजलाई पक्राउ गरि आवश्यक अनुसंधान र कारबाही प्रकृया अघि बढाईएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकृत प्रहरी निरिक्षक बिरेन्द्र राज गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार, नियन्त्रणमा लिईएका व्यक्तिलाई जवरजस्ती करणी मुद्धा शिर्षकमा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरि अनुसंधान भैरहेको छ ।

 

सम्बन्धित समाचार

thumbnail

प्रहरी हुँ भन्दै व्यापारीसँग रकम माग गरेको अभियोगमा पक्राउ

मोरङ । मोरङ विराटनगर महानगरपालिका–१५ स्थित दक्षिण गेटबाट सादा पोशाकको प्रहरी हुँ भन्दै स्थानिय व्यापारीहरूसँग रकम माग गरेको अभियोगमा विराटनगर महानगरपालिका–१२ बस्ने ३१ वर्षीय पुष्प राज चेम्जोङलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ…

thumbnail

अमेरिकाको मिशिगनको हाइस्कुलमा १५ वर्षे विद्यार्थीद्वारा गोलीबारी, तीनको मृत्यु ८ घाइते

एजेन्सी । अमेरिकाको मिशिगनमा एक हाइस्कुलमा भएको गोलीबारीमा तीन विद्यार्थीको मृत्यु भएको छ भने एक शिक्षकसमेत आठ जना घाइते भएका छन् । अधिकारीका अनुसार मृत्यु हुनेमा १६ वर्षका किशोर, १४ वर्षकी बालिका…

thumbnail

रौतहटमा विद्युत चोरी गरेको आरोपमा ७ पक्राउ

रौतहट । रौतहटको कटहरिया र देबाही गोनाही नगरपालिकामा हुकिङ गरेर विद्युत चोरी गरेको आरोपमा ७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । मौलापुर वितरण केन्द्रको चुहावट नियन्त्रण टोली , इलाका प्रहरी कार्यालय गरुडा,…