धवलागिरीको गुर्जामा हिमपहिरोमा पुरिएर १ जना बेपत्ता, तीन जना अलपत्र

म्याग्दी। म्याग्दीको विकट धवलागिरी गाउँपालिका–१, गुर्जामा हिमपहिरोमा पुरिएर बिहीबार एक जना बेपत्ता भएका छन् । गुर्जाको सुकेलोट्नेमा भारी हिउँपातका कारण हिमपहिरो गएर भेडिगोठ बस्ने ५० वर्षीय रामबहादुर छन्त्याल बेपत्ता भएको वडा अध्यक्ष झकबहादुर छन्त्यालले जानकारी दिनुभयाे। उहाँका अनुसार, मोवाईल र इन्टरनेट सेवा हिमपातकै कारण अबरुद्ध भएपछि थप जानकारी लिन समस्या भएको छ ।

बस्ती देखि टाढाको गोठमा बस्दै आउनुभएका जगमाया छन्त्याल, बुद्धि छन्त्याल र लालबहादुर बिक हिउँमा फसेर अलपत्र पर्नुभएको छ । बेपत्ताको खोजी र अलपत्रको उद्धारका लागि हेलिकोप्टर बोलाउन पहल गरिएको गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्यालले बताउनुभयो । भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने गुर्जा जोड्ने पदमार्ग, विद्युत र मोबाइल फोन सेवा पनि अवरुद्ध छ । छिमेकी वडा लुलाङबाट गुर्जा पुग्न एक दिन पुरै हिँड्नुपर्छ ।

 

सम्बन्धित समाचार

thumbnail

नियम विपरित निस्काशित कर्मचारीको पुर्नबहालीको माग गर्दै पेशागत संगठनको विरोध

बेनी ।म्याग्दीको धवलागिरि गाउँपालिका–७, स्थित ताकम माविले बिनाकारण एक कर्मचारी  निकालेको भन्दै पेशागत संगठनले विरोध जनाएका छन् । विद्यालयमा कार्यालय सहायक पदमा कार्यरत धर्मराज सुवेदीलाई विब्यस र शिक्षक अभिभावकको बैठकबाट विना प्रमाण…

thumbnail

अस्कारे खोलामा ट्रस पुल निर्माण,गाउँपालिका अध्यक्ष पुनद्धारा उद्घाटन (तस्बिरहरु)

मराङ । म्याग्दीको धवलागिरी गाउँपालिका–६ मराङको अस्कारे खोलामा ट्रस प्रबिधिको झोलुङ्गे पुल निर्माण भएको छ । धवलागिरी गाउँपालिकाको सहयोग र उपभोक्ताको श्रमदान गरि कुल तीस लाख पचास हजार रुपैयाँको लागतमा ३५ मिटर…

thumbnail

धवलागिरि गाउँपालिकाद्धारा वडामै पुगेर योजना सम्झौता (तस्बिरहरु)

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिकाले वडामै पुगेर उपभोक्ता समितिसंग योजना सम्झौता गरेको छ । भौगोलिक रुपमा विकट र दुर्गम गाउँपालिकाले वडामै पुगेर उपभोक्ता समिति संग योजना सम्झौता गरेपछि झन्झट हट्नुका साथै समय…