रघुगंगाको पिप्ले बालश्रममुक्त वडा घोषित (फोटो फिचर)

बेनी। म्याग्दीको रघुगंगा गाउँपालिका–३ पिप्लेलाई बालश्रममुक्त वडा घोषणा गरिएको छ । आईतवार पिप्लेमा आयोजित समारोहमा स्थानीय जनप्रतिनिधि, शिक्षक, आमा समूह, युवा क्लब लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले बालबालिकाहरुलाई कानुन विपरितको बालश्रममा प्रयोग नगर्ने प्रतिबद्धता जनाएर वडालाई बालश्रममुक्त वडा घोषणा गरिएको हो ।

वडाभित्र गरिएको सर्वेक्षणमा कुनैपनि बालबालिकाहरु बालश्रममा प्रयोग नभएको पाइएपछि आगामी दिनमा समेत बालबालिकाहरुलाई कानुन विपरितको श्रममा नलगाउने प्रतिबद्धता सहित वडालाई बालश्रममुक्त भएको घोषणा गरिएको थियो ।कार्यक्रममा बोल्दै गाउँपालिकाका उपाध्यक्ष कमला तिलिजाले बालश्रम कानुन विपरितको कार्य र सामाजिक अपराध भएकाले बालबालिकाहरुलाई श्रममा लगाउने कामलाई पूर्ण रुपमा निरुत्साहित गर्नुपर्ने बताउनुभयो ।

उहाँले हरेक बालबालिकाहरुले परिवारसंग बस्ने, स्कुल जाने अधिकार पाउने भएकाले उनीहरुको आधारभुत अधिकारको रक्षा गर्दै उनीहरुको उज्वल भविश्य निर्माणमा सघाउनु हरेक नागरिकको दायित्व हुनेमा जोड दिनुभयो । कार्यक्रममा वडा अध्यक्ष जिवनकुमार मल्लले वडाका हरेक श्रम हुने क्षेत्रलाई निगरानी गरिने र बालबालिकाहरुको प्रयोग भएको पाईएमा कानुन बमोजिम कारबाहिको प्रकृयामा जाने बताउँदै बालश्रममुक्त घोषणालाई व्यवहारिक कार्यान्वयनमा सम्बन्धित सबै सरोकारवालाहरुले ध्यान दिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा रघुगंगा हाईड्रोपावर लिमिटेडका प्रशासन प्रमुख मदन गिरि, नेपाली काँग्रेसका वडा सभापति अशोक शाही, रघुगंगा माविका प्रअ रमेशसिंह ठकुरी, वडा सदस्य सम्झना परियार, नवसन्तोष सेवा युवा क्लबकका सचिब मुक्तिप्रसाद शर्मा, पवित्र आमा समुहका अध्यक्ष कमला केसी लगायतले बालबालिकाहरुको अधिकार सुरक्षित गराउँदै उनीहरुलाई कानुन विपरितका श्रममा नलगाउने प्रतिबद्धतालाई पुरा गर्न आफ्नो क्षेत्रबाट आबश्यक भूमिका खेल्ने प्रतिबद्धता जनाउनुभएको थियो ।

कार्यक्रममा गाउँपालिकाका महिला तथा बालबालिका शाखा प्रमुख सावित्रा सुवेदीले गाउँपालिकाले वडा स्तरमा गरेको सर्वेक्षणको आधारमा बालश्रममा रहेका बालबालिकाहरु नभेटिएको र बालश्रमको जोखिममा रहेका बालबालिकाहरुलाई शैक्षिक सामाग्री र स्टेशनरी लगायतका सामाग्री सहयोग गर्ने गरि बालश्रममुक्त घोषणा अभियान सञ्चालन भएको बताउनुभयो ।घोषणा कार्यक्रममा वडा नम्बर ३ भित्र रहेका पाँच वटा विद्यालयका २८ जना बालश्रमको जोखिममा रहेका बालबालिकाहरुलाई झोला, पोशाक र स्टेशनरी लगायतका शैक्षिक सामाग्री सहयोग गरिएको थियो ।

गाउँपालिकाभित्रका ११ सय घरधुरी पहिचान गरि सर्वेक्षण गर्दा कुनैपनि बालबालिकाहरु बालश्रममा नरहेको तर १५० जना बालबालिका बालश्रमको जोखिममा रहेको पाईएको थियो । अभियानको क्रममा जोखिममा रहेका बालबालिकाहरुलाई झोला, पोशाक र शैक्षिक सामाग्री सहयोग गर्ने गरिएको छ भने उनीहरुका अभिभावकहरुलाई दिगो रोजगारितर्फ प्रेरित गर्न शिपमुलक तालिम सञ्चालन गर्ने तयारी गरिएको गाउँपालिकाले जनाएको छ ।

वडा अध्यक्ष मल्लको अध्यक्षता र वडा सचिब सविता कार्कीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । रघुगंगा गाउँपालिकाले बालश्रममुक्त स्थानीय तह घोषणा सम्बन्धि कार्यविधि २०७७ मा भएको व्यवस्था अनुसार, गाउँपालिकालाई बालश्रममुक्त पालिका बनाउने अभियान सञ्चालन गरेको छ । पालिकालाई बालश्रममुक्त बनाउनुअघि वडाहरुबाट बालश्रममुक्त घोषणा अभियान सञ्चालन गरेको जनाएको छ । यस अघि वडा नम्बर १ बेगखोलालाई बालश्रममुक्त वडा घोषणा गरिसकिएको छ । गत शुक्रवार बसेको ११ औँ गाउँसभाले समेत कार्यपालिका बैठकको सिफारिस बमोजिम गाउँपालिकालाई बालश्रमुक्त पालिका घोषणा गर्ने निर्णय गरेको छ ।

बालश्रममा कोहि पनि बालबालिका नहरेको आधार तयार भएपछि वडा समितिको सिफारिसमा वडा र कार्यपालिकाको सिफारिसमा गाउँसभा मार्फत पालिकालाई बालश्रमुक्त घोषणा गर्न सकिने प्रावधान रहेको छ । गाउँपालिकाले बालश्रम सामाजिक अपराध भएको र बालबालिकाहरुलाई कडा परिश्रम गर्नुपर्ने र कानुनले बन्देज लगाएको काममा लगाउन नहुने सन्देश सहितको चेतनामुलक ब्रोसर र होडिङ बोर्डहरु मार्फत समेत सचेतना जगाउने काम गरेको प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार

thumbnail

प्रतिक्रियावादीको कुनै षड्यन्त्रले एमाले कमजोर हुँदैन : प्रभु साह

रौतहट । नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा पूर्व मन्त्री प्रभु साहले प्रतिक्रियावादीको कुनै पनि षडयन्त्रले अब एमाले पार्टीलाई कमजोर बनाउन नसक्ने दाबी गर्नुभएको छ । उहाँले एमालेको लोकप्रियतासँग डराएर नै पाँच…

thumbnail

सरकारसँग कोरोनाविरुद्धको एक करोड १४ लाख ४५ हजार मात्रा खोप स्टक

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले सरकारसँग कोरोनाविरुद्धको खोप एक करोड १४ लाख ४५ हजार ४८८ मात्रा स्टक रहेको जनाउनुभएको छ । कोरोनाविरुद्धको खोप अभियान सुरु भएको एक वर्ष पूरा…

thumbnail

यो संसदीय सुनुवाइ समिति रहनु र नरहनुको औचित्य छैन : देव गुरुङ

काठमाडौँ । सत्ता साझेदार नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक देवप्रसाद गुरुङले संसदीय सुनुवाइ समितिको कुनै औचित्य नरहेको बताउनुभएको छ ।शुक्रबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकमा बोल्दै प्रमुख सचेतक गुरुङले अहिलेसम्मको अनुभवलाई…