रघुगंगा गाउँपालिकाको ११ औँ गाउँसभा : थप बजेट विनियोजन, संस्था दर्ता बिधेयक पारित(तस्बिरहरु)

म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिकाको ११ औ गाउँसभाले संस्था दर्ता विधेयक–२०७८ पारित गरेको छ । गाउँपालिकाको केन्द्र मौवाफाँटमा शुक्रवार सम्पन्न सभामा अध्यक्ष भबबहादुर भण्डारीले पेश गर्नुभएको प्रस्ताब छलफलपछि पारित भएको हो । संस्था दर्ता सम्बन्धी बिधेयक पारित भएपछि गाउँपालिकामा संस्था दर्ता, नबिकरण सम्बन्धी काम गर्न कानुनी बाटो खुलेको छ ।

सभाले पालिकाको बिनियोजन गर्न बाँकी बजेट बाँडफाड समेत गरेको छ । पालिकाको नगद मौज्दातबाट विभिन्न २९ योजनाका लागि रु १ करोड ६२ लाख ४१ हजार २०५ बजेट विनियोजन गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले जानकारी दिनुभयो ।

उहाँका अनुसार, वडा नम्बर ५ झिँको वडा कार्यालयको जग्गा प्राप्तीको रकम भुक्तानीका लागि रु ३० लाख र गाउँपालिकाको सभाहलका लागि रु २५ लाख बजेट विनियोजन भएको छ । त्यसैगरि झिँ–पाखापानी सडक कालोपत्रेका लागि प्रदेश सरकारको योजनामा साझेदारीका लागि रु २५ लाख बजेट समेत विनियोजन गरिएको छ ।

त्यसैगरि दुई वटा योजाको रु ५० लाख १० हजार रकमलाई संशोधन गरि २२ वटा योजनामा रकम विनियोजन गरिएको छ । अन्य सार्वजनिक निर्माणतर्फ ३ वटा योजनामा रु ५ लाख बजेट विनियोजन भएको छ । सभामा गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले चालु आर्थिक बर्षका लागि विनियोजन भएका योजनाको प्रभाबकारी कार्यान्वयमा सम्बन्धित उपभोक्ता र जनप्रतिनिधि जुट्नुपर्ने बताउनुभयो । यस आर्थिक बर्षका लागि गाउँपालिकामा जम्मा बिनियोजन भएको रु ४५ करोड ९ लाख ९ हजार मध्ये चालुतर्फ ३० करोड ३३ लाख ८४ हजार ३ सय र पुँजीगततर्फ १४ करोड ७५ लाख २४ हजार ७ सय रहेको छ ।

हालसम्म चालुतर्फ ६ करोड ८० लाख ५८ हजार र पुँजीगत तर्फ रु १ करोड १९ लाख ३६ हजार खर्च भएको जनाईएको छ । सभामा लेखा समितिका संयोजक रिम कटुवालद्धारा प्रस्तुत बेरुजु फस्यौट सम्बन्धी प्रस्ताब बमोजिम रु ४५ लाख बराबरको बेरुजु नियमित गर्ने निर्णय समेत भएको छ ।गाउँसभामा गाउँपालिकाका उपाध्यक्ष कमला तिलिजाले संघीय संरचनाको पहिलो कार्यकाल भएकाले अनेकौ चुनौति र समस्याहरुका कारण जनताको अपेक्षा बमोजिम विकास निर्माण हुन नसकेपनि सन्तोषजनक रुपमा गाउँपालिकामा विकासका पूर्वाधारहरु बनेकोमा जोड दिनुभयो ।

त्यसैगरि वडा नम्बर १ का अध्यक्ष बिलबहादुर फगामी, २ का अध्यक्ष रिम कटुवाल, ३ का अध्यक्ष जीवनकुमार मल्ल, ४ का अध्यक्ष रुकबहादुर गर्वुजा, ५ का अध्यक्ष मनबहादुर शेरपुञ्जा, ६ का अध्यक्ष मनकुमार शेरपुञ्जा, ७ का वडा सदस्य लक्ष्मण पुन र ८ का वडा सदस्य प्रीति गर्वुजाले गाउँपालिका मार्फत कार्यान्वयन भएका विकास निर्माण योजनाहरुलाई पारदर्शी र प्रभाबकारी बनाउन वडा मार्फत आबश्यक पहल गरिरहेकोमा जोड दिनुभएको थियो । गाउँपालिका अध्यक्ष भण्डारीको अध्यक्षता, उपाध्यक्ष तिलिजाको स्वागत र प्रमुख प्रशासकीय अधिकृत सुवेदीको सहजीकरणमा कार्यक्रम सम्पन्न भएको थियो ।

 

सम्बन्धित समाचार

thumbnail

प्रतिक्रियावादीको कुनै षड्यन्त्रले एमाले कमजोर हुँदैन : प्रभु साह

रौतहट । नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा पूर्व मन्त्री प्रभु साहले प्रतिक्रियावादीको कुनै पनि षडयन्त्रले अब एमाले पार्टीलाई कमजोर बनाउन नसक्ने दाबी गर्नुभएको छ । उहाँले एमालेको लोकप्रियतासँग डराएर नै पाँच…

thumbnail

सरकारसँग कोरोनाविरुद्धको एक करोड १४ लाख ४५ हजार मात्रा खोप स्टक

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले सरकारसँग कोरोनाविरुद्धको खोप एक करोड १४ लाख ४५ हजार ४८८ मात्रा स्टक रहेको जनाउनुभएको छ । कोरोनाविरुद्धको खोप अभियान सुरु भएको एक वर्ष पूरा…

thumbnail

यो संसदीय सुनुवाइ समिति रहनु र नरहनुको औचित्य छैन : देव गुरुङ

काठमाडौँ । सत्ता साझेदार नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक देवप्रसाद गुरुङले संसदीय सुनुवाइ समितिको कुनै औचित्य नरहेको बताउनुभएको छ ।शुक्रबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकमा बोल्दै प्रमुख सचेतक गुरुङले अहिलेसम्मको अनुभवलाई…