लमसुङमा सात घर सहित स्वास्थ्य चौकी र विद्यालय पहिरोको उच्च जोखिममा (तस्बिरहरु)

म्याग्दी । म्याग्दीको दुर्गम धवलागिरी गाउँपालिका–२ ,स्थित लमसुङ गाउँ पहिरोको जोखिममा परेको छ । दरखोलाको कटानको कारण बस्तीको तलबाट खसेको पहिरोले सात घर परिवार उच्च जोखिममा परेका छन् । लमसुङमा रहेको लुलाङ्ग स्वास्थ्यचौकी,पशु सेवा केन्द्रको भवन र लमसुङ मावि समेत पहिरोको जोखिममा परेको स्थानीय पहिरो पीडित ज्ञानबहादुर पाइजाले बताउनुभयो ।

उहाँका अनुसार ५ कात्तिकमा दरखोलामा आएको बाढीको कटानका कारण बस्ती तलबाट खसेको पहिरोले रनप्रसाद पाइजा, ज्ञानबहादुर पाइजा, दलबहादुर राना र पलु पुनको घर उच्च जोखिममा परेका हुन् । भने सोही लमसुङ्गको बगरमा मनप्रसाद सुनार ,अथमा बुढा र लोकेश विकको घर पनि नदी कटानले उच्च जोखिममा परेका छन् ।

‘कात्तिक ५ आएको बर्सातका कारण दरखोलामा आएको बाढीले कटान गरेर घर नजिकै पहिरो पुगेपछि बस्ती उच्च जोखिममा परेको छ ,’पहिरो पीडित पाइजाले भन्नुभयो ,‘सुविधा सम्पन्न पक्की भवन भएको स्वास्थ्यचौकी,भेटेरिनरी र विद्यालय समेत जोखिममा परेको छन् ।’ पहिरो नियन्त्रण योजनाका लागि सरकारले बेवास्ता गरेको गुनासो पोख्नुभयो ।

तत्काल पहिरो नियन्त्रणको काम नगरे वडा कार्यालयसमेत रहेको करिब ८० घरधुरीको बसोबास रहेको लमसुङ गाउँमा थप जोखिम बढ्ने उहाँले बताउनुभयो । लमसुङ बस्तीको माथितर्फ विसं २०७३ मा गएको जुगेपानीको पहिरो रोकिए पनि तलबाट नयाँ पहिरो जान थालेपछि स्थानीयवासी चिन्तित बनेका छन् ।

सम्बन्धित समाचार

thumbnail

मध्यराति वडा कार्यालय र विद्यालयमा तोडफोड

खोटाङ । खोटाङको ऐसेलुखर्क गाउँपालिका–३ वडा कार्यालय र त्रिभुवन माविको कार्यालय तोडफोड भएको छ। बिहीबार राति वडा कार्यालय ऐसेलुखर्क र त्रिभुवन माविको कार्यालय तोडफोड भएको हो। वडा कार्यालय र विद्यालय तोडफोड गर्नेको…

thumbnail

टेक्सासमा तीन प्रहरी अधिकारीमाथि गोली प्रहार

एजेन्सी । टेक्सासको डाउनटाउन ह्युस्टन नजिकै झडपमा तीन प्रहरी अधिकारी माथि गोली प्रहार भएको छ । संदिग्ध व्यक्ति सेतो मर्सिडीजमा भागेको प्रहरीले जनाएको छ। प्रहरीकाअनुसार, तीन अफिसरहरू माथि म्याकगोवेन सेन्टको २१०० ब्लकमा…

thumbnail

ट्याक्टरमा बस ठोक्किंदा २४ जना घाइते

काठमाडौं । सर्लाहीको हरिवन नगरपालिका–९ सुकेपोखरीमा बस र ट्याक्टर ठोक्किंदा २४ जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये एक युवतीको अवस्था गम्भीर छ । भैरहवाबाट वीरगञ्ज आउँदै गरेको लु २ ख ४७५७…