५.२८ अंकले बढ्यो नेप्से

काठमाडौँ । साताको चौथो कारोबार दिन बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सामान्य अंकको सुधार देखिएको छ । नेप्से ५ दशमलव २८ अंकले बढेर दुई हजार ६३३ दशमलब ६६ विन्दुमा पुगेर कारोबार बन्द भएको हो ।

आज कारोबार रकम भने बढ्न सकेको छैन । कारोबारमा आएका २२३ कम्पनीले ३७ हजार ५८५ कित्ता सेयर खरिद–बिक्री हुँदा कुल २ अर्ब ७४ करोड २० लाख बराबरको कारोबार भएको छ । कारोबारको आधारमा आज सबैभन्दा बढी नेपाल दुरसञ्चार कम्पनीको शेयर कारोबार भएको छ । बैंकले आज १४ करोड ३१ लाखभन्दा बढीको कारोबार गरेको छ ।

आज कारोबारमा अएका उपसूचकमध्ये होटल तथा पर्यटन, निर्जीवन बिमा, माइक्रोफाइनान्स र जीवन बिमा समूहको सूचक रातो देखिएका छन् भने बाँकी सबै समूहका सूचीमा हरियाली छाएको छ । नेप्सेका अनुसार आज तीन कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाएका छन् ।

सामलिङ पावर कम्पनीको सेयर मूल्य सर्किट लेभेलमा बढेर प्रतिकित्ता ४६१ दशमलव ४० रुपैयाँ पुगेको छ भने कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर मूल्य पनि ९ दशमलव ३९ प्रतिशतले बढेर प्रतिकित्ता ९८० रुपैयाँ पुगेको छ ।न्यादि हाइड्रोपावरको सेयर मूल्य नौ दशमलव ९९ प्रतिशतले बढेर प्रतिकित्ता ३७५ दशमलव ६० रुपैयाँ पुगेको छ । आईसीएफसी फाइनान्स कम्पनीका लगानीकर्ताले धेरै नोक्सान व्यहोरेका छन् । कम्पनीको शेयरमूल्य करिब ५ प्रतिशतभन्दा बढीले घटेको छ । नागरिक खबरबाट

सम्बन्धित समाचार

thumbnail

नागरिक उड्डयन प्राधिकरणको १ अर्ब ८१ करोड रुपैयाँ बक्यौता उठाउन बाँकी

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले १ अर्ब ८१ करोडभन्दा बढी रकम बक्यौता उठाउन बाँकी रहेको बताएको छ । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले गठन गरेको उपसमितिले उक्त रकम उठाउन बाँकी रहेको जनाएको…

thumbnail

नारायणी नदीमा पाँच अर्बको लागतमा तटबन्ध निर्माण सुरु

चितवन । वर्षेनी वर्षात्को समयमा मानवबस्ती पस्ने नारायणी नदीमा रु चार अर्ब ७२ करोड बराबरको तटबन्ध निर्माण सुरु गरिएको छ । तटबन्ध निर्माणका लागि पहिलो खण्डको बोलपत्र आव्हान भइसकेको छ । बाँकी…

thumbnail

एक करोड ६३ लाखको सामान नियन्त्रणमा

वीरगञ्ज । राजस्व छलेर भारतबाट भित्र्याइएको एक करोड ६३ लाख बराबरको सामान लोड गरिएको एउटा ट्रकलाई पर्सा प्रहरीको टोलीले नियन्त्रणमा लिएको छ। बिल बिजकभन्दा बढी खुद्रा मालबस्तु लोड गरी वीरगञ्जबाट बुटवलतर्फ लग्दै…