संसदमा उठ्यो आरआर क्याम्पसका शिक्षक कुटिएको विषय

काठमाडौँ । आरआर क्याम्पसका शिक्षक कुटिएको विषय प्रतिनिधि सभामा उठेको छ । ब्याचलर अफ आर्ट्स इन सोसल वर्क (बिएसडब्लु) को पहिलो वर्षका विद्यार्थीको आन्तरिक परीक्षा भइरहेको हलभित्र छिरेका विद्यार्थी कुवेर जेठाराले गार्ड बसेका लेक्चरर प्रकाश पुडासैनीमाथि आक्रमण गरेका थिए।

नेमकिपाका सांसद प्रेम सुवालले शिक्षकलाई सात टाँका लगाउने गरी कुटिएको विषयमा शिक्षा मन्त्री र गृह मन्त्रीले जवाफ दिनुपर्ने बताउनुभएको हो। यद्यपि उहाँले क्याम्पस प्रमुख कुटिएको उल्लेख गरे पनि कुटाइ भने लेक्चरर पुडासैनीले खाउनुभएको हो। ुआरआर क्याम्पसका क्याम्पस प्रमुख कुटिएको र सात टाँका लगाइएको घटनाबारे शिक्षा मन्त्री र गृह मन्त्रीलाई बोल्न दिनु आवश्यक छु, सुवालले भन्नुभयो।

प्रतिनिधि सभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लगातार अवरोध गर्दै आएको छ। तर सभामुखले अवरोधका बीच कार्यसूची अगाडि बढाउने गर्नुभएको छ । सरकारले ल्याएको अध्यादेशविरूद्ध बोल्ने क्रममा उहाँले आरआरको घटना उठाउनुभएको हो । विद्यार्थीले पानी पिउने जगले हिर्काउँदा शिक्षक पुडासैनी घाइते हुनुभएको थियो। सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार