सम्पर्कविहीन सतिश सकुशल भेटिए

  म्याग्दी न्युज संवाददाता

बेनी ।म्याग्दीको बेनी नगरपालिका–८, गणेशटोल निवासी ३३ वर्षीय सतिश श्रेष्ठलाई परिवारले फेला पारेका छन् । हराएको २३ दिनमा उनलाई परिवारले सोमबार फेला पारेको दाजु शैलेश श्रेष्ठले सामाजिक सञ्जालमा लेखेका छन् ।गत चैत्र ३१ गते बेनीबाट पोखराका लागि हिँडेका सतिश बैशाख १ गते पोखरा महानगरपालिका–६, कास्कीको होटल स्नो पिक, टाटु खोपे भेटिएपनि पोखराबाट सम्पर्कविहिन भएका थिए ।

उनलाई कहाँबाट फेला पारियो भन्ने बारे परिवारले खुलाएका छैनन् । बेनीको न्यु वेष्ट पोइन्ट आवासीय माविका शिक्षक समेत रहनुभएका सतिशले टाटु खोपेको सिसीटिभी फुटेज फेला परेको थियो । उनी भारतमा समेत पुगेको अनुमानपछि परिवारका सदस्यहरु भारतका विभिन्न सहरमा खोजीकार्यमा जुटेका थिए ।परिवारजनले भने सतिशको अवस्था सामान्य रहेको र थप विवरण उचित समयमा सार्वजनिक गरिने जनाएका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार