अस्ट्रेलियन ओपनः नाडाल सेमिफाइनलमा

काठमाडौँ । गत वर्ष क्वार्टर फाइनलबाट बाहिरिएका राफेल नाडाल अस्ट्रेलियन ओपनको सेमिफाइनलमा प्रवेश गरेका छन् । कीर्तिमानी २१औं पटक ग्रान्डस्लाम जित्ने लक्ष्यमा रहेका नाडाल मेलबर्नमा मंगलबार भएको क्वार्टर फाइनलमा क्यानडाका डेनिस सापालोभलाई हराएर अन्तिम चार पक्का गरेका हुन्।

पाँचौं वरियताका नाडालले १४ औं वरियताका डेनिसमाथि ६–३ ६–४ ४–६ ३–६ ६–३ को प्रतिस्पर्धात्मक सेटमा जित निकाले । सातौं पटक अष्ट्रेलियन ओपनको सेमिफाइनलमा पुगेका नाडाल अष्ट्रेलियन ओपन २००९ को च्याम्पियन हुन् । नागरिक खबरबाट

सम्बन्धित समाचार

thumbnail

बार्सिलोना अन्तिम खेलमा घरेलु मैदानमै पराजित

काठमाडौँ । स्पेनिस ला लिगा फुटबलको अन्तिम खेलमा बार्सिलोना घरेलु मैदानमै भियारियालसँग २–० ले पराजित भएको छ । घरेलु मैदान क्याम्प नोउमा जितसहित सिजनको सुखद् अन्त्य गर्ने बार्सिलोनाको लक्ष्यमा भियारियालका अल्फान्सो पेडराजा…

thumbnail

गृहमन्त्री खाण र अमेरिकी उपमन्त्रीबीच भेटवार्ता

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाण र अमेरिकी नागरिक सुरक्षा, प्रजातन्त्र र मानव अधिकार उपमन्त्री उज्रा जियाबीच शिष्टाचार भेटवार्ता भएको छ । सिंहदरबारमा भएको भेटमा आपसी सहयोग र द्धिपक्षीय सम्बन्धबारे छलफल भएको गृहमन्त्रीको…

thumbnail

प्रधानमन्त्री देउवा र अमेरिकी उपमन्त्री जियाबीच भेट

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी नागरिक सुरक्षा, प्रजातन्त्र र मानव अधिकार उपमन्त्री उज्रा जियासँग शिष्टाचार भेट गर्नुभएको छ । नेपाल भ्रमणमा रहनुभएका जियाको टोली प्रधानमन्त्री देउवासँग भेटका लागि बालुवाटार पुगेको थियो…