ट्याक्टरमा बस ठोक्किंदा २४ जना घाइते

काठमाडौं । सर्लाहीको हरिवन नगरपालिका–९ सुकेपोखरीमा बस र ट्याक्टर ठोक्किंदा २४ जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये एक युवतीको अवस्था गम्भीर छ ।

भैरहवाबाट वीरगञ्ज आउँदै गरेको लु २ ख ४७५७ नम्बरको बस, बिग्रिएर सडक छेउमा रोकीराखेको उखु लोड भएको ज २ त ७८१ नम्बरको ट्याक्टरमा आज बिहान सवा चार बजे ठोक्किएको थियो ।

प्रहरीका अनुसार दुर्घटनामा घाइतेमध्ये रुपन्देहीकी २५ वर्षीया कृतिका चौधरीको अवस्था गम्भिर छ । उनलाई उपचारका लागि वीरगञ्ज पठाइएको छ । अन्य घाइतेहरुको जिल्लाका बिभिन्न अस्पतालमा उपचार भइरहेको छ । बससहित चालकलाई इलाका प्रहरी कार्यालय हरिवनले नियन्त्रणमा लिएको छ । अनलाइनखबरबाट

सम्बन्धित समाचार

thumbnail

गुडिरहेको कारमा आगलागी

बारा । बारामा गुडिरहेको कारमा आगलागी भएका छ । पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत जितपुरसिमरा उपमहानगरपालिका–१६ सडकखण्डको बंगरी पुल नजिकै गुडिरहेको प्र२–०२–००१ च०१६५ नम्बरको कारमा आगलागी भएको हो । आगलागीबाट कारमा पूर्ण रुपमा क्षति…

thumbnail

घाँस काट्न गएकी महिलालाई बाघले लग्यो, खोजिकार्य जारी

चितवन । भरतपुर महानगरपालिका १३ बाटुली पोखरी सामुदायीक बनमा घास काट्न गएकी महिलालाई बाघले आक्रमण गरेको छ। आइतबार दिउँसो २ बजेको समयमा बाटुली पोखरीकी फुलकुमारी बोटेलाई घाले आक्रमण गरेको हो। उनको अहिले…

thumbnail

बिरामी बोकेको एम्बुलेन्स दुर्घटना हुँदा ३ जना घाइते

जुम्ला । जुम्लामा बिरामी बोकेको एम्बुलेन्स दुर्घटना भएको छ । जिल्लाको कनकासुन्दरी गाउँपालिकाबाट बिरामी ल्याउँदै गरेको एम्बुलेन्स दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार कनकासुन्दरी गाउँपालिका ६ स्थित दाँते ओखरमा क…