प्रतिक्रियावादीको कुनै षड्यन्त्रले एमाले कमजोर हुँदैन : प्रभु साह

रौतहट । नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा पूर्व मन्त्री प्रभु साहले प्रतिक्रियावादीको कुनै पनि षडयन्त्रले अब एमाले पार्टीलाई कमजोर बनाउन नसक्ने दाबी गर्नुभएको छ । उहाँले एमालेको लोकप्रियतासँग डराएर नै पाँच दलीय गठबन्धनले पद रिक्त रहेका कतिपय स्थानमा उपनिर्वाचन नगराएको बताउनुभयो ।

शुक्रबार गृहजिल्ला रौतहटको चन्द्रनिगाहपुरस्थित एमाले नगर कमिटीद्वारा आयोजित अगुवा भेलालाई सम्बोधन गर्दै साहले नेकपा माओवादी केन्द्रबाट एमालेमा गएका नेताहरुले सामूहिक राजीनामा दिने भन्ने आशयको खबर भ्रामक र गलत रहेको बताउनुभयो । प्रतिक्रियावादीहरुले यस्तो भ्रामक खबर फैलाएको उहाँको भनाइ छ ।

‘६ महिनामा गर्नुपर्ने उपचुनाव पद सकिएको एक वर्ष भइसक्दा समेत गराउन नसक्नु भनेको गठबन्धनभित्र हारको डर नै प्रमुख कारण हो,’ उहाँले भन्नुभयो । राष्ट्रियसभाको निर्वाचनले पनि सत्तारुढ गठबन्धन एमालेसँग झस्किएको बताउँदै साहले समयमै स्थानीय तहको निर्वाचन गराउनुपर्नेमा जोड दिनुभयो ।

उहाँले ओलीको सरकारका पालामा सुरु भएका विकास निर्माणका योजनाहरु देउवा सरकारले रोकेर विकास विरोधी काम गरेको टिप्पणीसमेत गर्नुभयो ।कार्यक्रममा प्रभु साहसँगै एमाले केन्द्रीय सदस्य कुन्दन कुश्वाहा, जिल्ला अध्यक्ष त्रिभुवन साह, उद्वव घिमिरेलगायतले आउँदो निर्वाचनमा गठबन्धनले जति षड्यन्त्र गरे पनि जनताको विश्वास एमालेमाथि नै रहेकाले सबैभन्दा ठुलो दल एमाले नै हुने बताएका थिए । रातोपाटीबाट

सम्बन्धित समाचार

thumbnail

बिरामीलाई अस्पताल जान वडाले नि:शुल्क एम्बुलेन्स उपलब्ध गराउने

काठमाडौँ । गोरखाको शहिदलखन गाउँपालिका वडा नम्बर ७ ले बिरामीलाई अस्पताल जानका लागि एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ । बिरामीलाई स्थानीय स्वास्थ्य संस्थाबाट रिफर भई थप उपचारका लागि गोरखा जिल्ला अस्पताल…

thumbnail

योजना आयोगले सिफारिस नगरेका आयोजनाले बजेट नपाउने

काठमाडौँ । आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमा योजना आयोगबाट सिफारिस नभएका आयोजनाहरूले बजेट नपाउने भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आयोगबाट सिफारिस नभएका आयोजनाले…

thumbnail

गठबन्धन सही थियो भन्ने पुष्टि भयो : राष्ट्रिय जनमोर्चा

काठमाडौं । राष्ट्रिय जनमोर्चाले स्थानीय तह निर्वाचनमा सत्तारुढ दलबीच भएको गठबन्धन सफल भएको निष्कर्ष निकालेको छ । सोमबार बसेको पार्टीको केन्द्रीय सचिवालयको विस्तारित बैठकले स्थानीय तह निर्वाचनमा सत्तारुढ गठबन्धन नेकपा एमालेलाई परास्त…