प्रधानमन्त्री कप : आर्मीको दोस्रो जित

काठमाडौँ । विक्रम सोबको उत्कृष्ट प्रदर्शन प्रेरित त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री (पिएम) कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा दोस्रो जित निकालेको छ ।

शुक्रबार मुलपानीको माथिल्लो मैदानमा भएको खेलमा सुदूरपश्चिम प्रदेशलाइ ३ विकेटले पराजित गर्दै आर्मीले प्रतियोगितामा आफ्नो अपराजित यात्रा कायम राखेको हो । ११६ रनको विजयी लक्ष्य पछ्याएको आर्मीले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १२० रन बनाएको हो । आर्मीका हरि चौहानले सर्वाधिक ३३ रन बनाए । चार चौका हिर्काएका हरिले ३९ बल खेलेका थिए ।यस्तै विक्रम सोबले २९ रन बनाए ।

२२ बलको सामना गरेका विक्रमले एक चौका र दुई छक्का प्रहार गरे । यस्तै भीम सार्कीले १३ रन बनाउँदा शाहब आलमले १२ तथा कुशल मल्लले ११ रन बनाए ।सुदूरपश्चिमका आदित्य महताले चार विकेट लिए । चार ओभर बलिङ गरेका आदित्यले १४ रन खर्चिए । यस्तै, हेमन्त धामी, नारायण जोशी र शेर मल्लले समान एक विकेट लिए ।यसअघि टस हारेर ब्याटिङ पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा अल आउट हुँदै ११५ रन बनाएको थियो ।

सुदूरपश्चिमको लागि खडक बोहराले सर्वाधिक ३७ रन बनाए । यस्तै बसन्त कार्कीले ३४ रन बनाउँदा विकेट किपर समेत रहेका अर्जुन साउदले १५ रनको योगदान गर्दा अन्य खेलाडीले दोहोरो अंक बनाउँन सकेनन् ।सुदूरपश्चिमका दुई खेलाडी शून्यमा आउट भएका थिए । सुदूरपश्चिमलाई सस्तैमा समेट्न आर्मीका विक्रम सोबले सर्वाधिक ६ विकेट लिए । चार ओभर बलिङ गरेका विक्रमले आठ रन मात्रै खर्चिएका थिए ।

यस्तै कुशल मल्ल, शाहब आलम र हरि चौहानले समान १ विकेट लिए । जितसँगै आर्मीले दोस्रो स्थानमा रहँदै सेमिफाइनल सम्भावना कायम राखेको छ । आर्मीको तीन खेलबाट ५ अंक रहेको छ । यता, सुदूरपश्चिमको भने तीन खेलबाट दुई अंक रहको छ र तेस्रो स्थानमा छ ।समूह ‘ए’ मा तीन खेलमा शत प्रतिशत जितसहित नेपाल पुलिस क्लब शीर्ष स्थानमा रहँदै एक खेलअघि नै सेमिफाइनल यात्रा तय गरेको छ । नागरिक खबरबाट

सम्बन्धित समाचार

thumbnail

नेपालले सच्चिएर मोरिससको सामना गर्ने

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टिमले शनिबार पहिलो मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेलमा मोरिससको सामना गर्दैछ र त्यस अगाडि सहायक प्रशिक्षक किरण श्रेष्ठले नेपाली टिमको सबै तयारी पूरा भएको बताउनुभएको छ । उहाँले मोरिससको…

thumbnail

टी–२० विश्वकप खेल्न नेपाल विश्व छनोटको फाइनलमा पुग्न पर्ने

काठमाडौँ । आइसिसी पुरूष टी–२० विश्वकपअन्तर्गत समूह ‘ए’ को छनोट प्रतियोगिता आगामी फागुन ६ गतेदेखि ओमानमा हुँदैछ। समूह ‘ए’ मा नेपाल र आयोजक ओमानसहित बहराइन, क्यानडा, जर्मनी, आयरल्यान्ड, फिलिपिन्स र युएई गरी…

thumbnail

अस्ट्रेलियन ओपनः नाडाल सेमिफाइनलमा

काठमाडौँ । गत वर्ष क्वार्टर फाइनलबाट बाहिरिएका राफेल नाडाल अस्ट्रेलियन ओपनको सेमिफाइनलमा प्रवेश गरेका छन् । कीर्तिमानी २१औं पटक ग्रान्डस्लाम जित्ने लक्ष्यमा रहेका नाडाल मेलबर्नमा मंगलबार भएको क्वार्टर फाइनलमा क्यानडाका डेनिस सापालोभलाई…