भारतमा डेल्टा भेरियन्टबाट तीन महिनामा २ लाख ४० हजारको मृत्युः राष्ट्रसंघ

एजेन्सी । कोभिडको डेल्टा भेरियन्टबाट भारतमा सन् २०२१ को अप्रिलदेखि जुनसम्म दुई लाख ४० हजार मानिसको मृत्यु भएको राष्ट्रसंघको एउटा प्रतिवेदनले जनाएको छ ।

डेल्टाका कारण भारतीय अर्थतन्त्रमा गम्भीर असर गरेको भन्दै सो प्रतिवेदनमा आगामी दिनमा भारतले त्यस्तै दुर्भाग्य सामना गर्नुपर्ने चेतावनी दिइएको छ ।राष्ट्रसंघ अन्तर्गतको विश्वको आर्थिक अवस्था र सम्भावना (डब्लूइएसपी) २०२२ को प्रतिवेदनले विश्वभर फैलिएको कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनले फेरि ठूलो मानवीय र आर्थिक क्षति पुर्याउन सक्ने चेतावनी दिएको छ ।

‘भारतमा डेल्टा संक्रमणका कारण अप्रिलदेखि जुनको अवधिमा दुई लाख ४० हजार जनाको मृत्यु हुनुका साथै अर्थतन्त्रको रिकभरीमा असर गरेको छ,’ प्रतिवेदनमा भनिएको छ, ‘यस्तै घटना अगामी दिनमा पनि दोहोरिन सक्छ ।’कोभिडलाई नियन्त्रण गर्न खोपलगायतका दीगो विश्वव्यापी पहुँच र संयोजन नभए महामारीले फेरि पनि समावेशी र दिगो अर्थतन्त्रलाई ठूलो जोखिममा पार्ने प्रतिवेदनमा औंल्याइएको छ । नागरिक खबरबाट

सम्बन्धित समाचार

thumbnail

टेक्सासमा तीन प्रहरी अधिकारीमाथि गोली प्रहार

एजेन्सी । टेक्सासको डाउनटाउन ह्युस्टन नजिकै झडपमा तीन प्रहरी अधिकारी माथि गोली प्रहार भएको छ । संदिग्ध व्यक्ति सेतो मर्सिडीजमा भागेको प्रहरीले जनाएको छ। प्रहरीकाअनुसार, तीन अफिसरहरू माथि म्याकगोवेन सेन्टको २१०० ब्लकमा…

thumbnail

टी–२० विश्वकप खेल्न नेपाल विश्व छनोटको फाइनलमा पुग्न पर्ने

काठमाडौँ । आइसिसी पुरूष टी–२० विश्वकपअन्तर्गत समूह ‘ए’ को छनोट प्रतियोगिता आगामी फागुन ६ गतेदेखि ओमानमा हुँदैछ। समूह ‘ए’ मा नेपाल र आयोजक ओमानसहित बहराइन, क्यानडा, जर्मनी, आयरल्यान्ड, फिलिपिन्स र युएई गरी…

thumbnail

पोर्चुगलमा एक नेपाली युवकद्वारा आत्महत्या

पोर्चुगल । विगत तीन वर्षदेखि पोर्चुगलमा बसोबास गर्दै आएका एक नेपाली युवकले आत्महत्या गरेका छन् । गैरआवासीय नेपाली संघ पोर्चुगलका महासचिव राज कुमार थापाका अनुसार ३८ वर्षीय तर्कराज भट्टले बिहीबार रुखमा झुण्डिएर…