मध्यराति वडा कार्यालय र विद्यालयमा तोडफोड

खोटाङ । खोटाङको ऐसेलुखर्क गाउँपालिका–३ वडा कार्यालय र त्रिभुवन माविको कार्यालय तोडफोड भएको छ। बिहीबार राति वडा कार्यालय ऐसेलुखर्क र त्रिभुवन माविको कार्यालय तोडफोड भएको हो। वडा कार्यालय र विद्यालय तोडफोड गर्नेको पहिचान हुन सकेको छैन।

वडा कार्यालयको घेराबारको तालाचाबी, अध्यक्षको कार्यकक्ष, वडा सचिवको कोठा र सभाहलको चाबी तोडिएको छ। ढोका फोडेर भित्र प्रवेश गरेर कार्यालयभित्रका सबै घर्रा खोलेको पाइएको छ। क्षतिको बारेमा अनुसन्धान भइरहेको वडाध्यक्ष राजेशकुमार राजभण्डारीले बताउनुभयो। वडा कार्यालयले थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय ऐसेलुखर्कमा उजुरी दिएको छ।

विद्यालयको मूल ढोका र तीनवटा दराजको चाबी तोडफोड गरिएको छ। अन्य दराजमा खोजतलास गरेको कागजात असरल्ल अवस्थामा फेला परेको विव्यास अध्यक्ष टेकेन्द्र राजभण्डारीले बताउनुभयो। वडा कार्यालय र विद्यालय तोडफोड भएको विषयमा इलाका प्रहरी कार्यालय, वडाध्यक्ष, स्थानीय बुद्धिजीवीलगायतको उपस्थितिमा सर्जमिन मुचुल्का उठाइएको छ। नागरिक खबरबाट

सम्बन्धित समाचार

thumbnail

गुडिरहेको कारमा आगलागी

बारा । बारामा गुडिरहेको कारमा आगलागी भएका छ । पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत जितपुरसिमरा उपमहानगरपालिका–१६ सडकखण्डको बंगरी पुल नजिकै गुडिरहेको प्र२–०२–००१ च०१६५ नम्बरको कारमा आगलागी भएको हो । आगलागीबाट कारमा पूर्ण रुपमा क्षति…

thumbnail

घाँस काट्न गएकी महिलालाई बाघले लग्यो, खोजिकार्य जारी

चितवन । भरतपुर महानगरपालिका १३ बाटुली पोखरी सामुदायीक बनमा घास काट्न गएकी महिलालाई बाघले आक्रमण गरेको छ। आइतबार दिउँसो २ बजेको समयमा बाटुली पोखरीकी फुलकुमारी बोटेलाई घाले आक्रमण गरेको हो। उनको अहिले…

thumbnail

बिरामी बोकेको एम्बुलेन्स दुर्घटना हुँदा ३ जना घाइते

जुम्ला । जुम्लामा बिरामी बोकेको एम्बुलेन्स दुर्घटना भएको छ । जिल्लाको कनकासुन्दरी गाउँपालिकाबाट बिरामी ल्याउँदै गरेको एम्बुलेन्स दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार कनकासुन्दरी गाउँपालिका ६ स्थित दाँते ओखरमा क…