म्याग्दीमा माघ ७ गतेदेखि सार्वजनिक सेवा लिन खोप कार्ड अनिवार्य

म्याग्दी । म्याग्दीमा सार्वजनिक सेवा लिनका लागि खोप कार्ड अनिवार्य गरिने भएको छ । जिल्ला कोभिड ब्यवस्थापन समितिको निर्णय अनुसार जिल्लामा कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि उक्त प्रावधान लागु गर्न लागिएको जिल्ला प्रशासन कार्यालय म्याग्दीले जनाएको छ ।

आगामी माघ ७ देखि लागु हुने गरी सार्वजनिक स्थान र सार्वजनिक सेवाप्रवाह हुने ठाउँमा अनिवार्य खोप कार्ड लिएर मात्र उपस्थित हुन प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी रानाले आग्रह गर्नुभएको छ । विहिबार जिल्ला प्रशासन कार्यालयको तर्फमा आदेश जारी गर्दै प्रजिअ रानाले कोभिड–१९ को नयाँ भेरियन्टको बढ्दो संक्रमणलाई नियन्त्रण र उपचारलाई थप प्रभावकारी बनाउनका लागि खोप कार्ड अनिवार्य गरिएको बताउनुभयो ।

सास्कृति तथा धार्मिक चाडपर्वहरुरुमा मेला, भेला तथा महोत्सवहरु, धेरै मानिसहरु उपस्थित हुने गरी राजनीतिक तथा अन्य सामाजिक कार्यक्रमहरु नगर्न निर्देशन छ । अत्यावश्इक कार्यक्रमको लागि स्वास्थ्य मापदण्ड पालना गर्दै २५ जना बढी उपस्थित नगराउन डिसिएमसीको अनुसार प्रजिअले आग्रह गर्नुभएको छ । विभिन्न पेशा र ब्यवसाय तथा पसलहरुमा ब्यवसायीले जनस्वास्थ्यका मापदण्डहरु पुस ३० गते शुक्रबार देखि अनिवार्य पालना निर्देशन छ । यातायात ब्यवसायीले क्षमताभन्दा बढी यात्रु नराखी मास्क र सेनिटाईजर अनिवार्य प्रयोग गर्नुपर्ने विज्ञप्तीमा उल्लेख छ ।

सम्बन्धित समाचार

thumbnail

बिरामीलाई अस्पताल जान वडाले नि:शुल्क एम्बुलेन्स उपलब्ध गराउने

काठमाडौँ । गोरखाको शहिदलखन गाउँपालिका वडा नम्बर ७ ले बिरामीलाई अस्पताल जानका लागि एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ । बिरामीलाई स्थानीय स्वास्थ्य संस्थाबाट रिफर भई थप उपचारका लागि गोरखा जिल्ला अस्पताल…

thumbnail

योजना आयोगले सिफारिस नगरेका आयोजनाले बजेट नपाउने

काठमाडौँ । आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमा योजना आयोगबाट सिफारिस नभएका आयोजनाहरूले बजेट नपाउने भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आयोगबाट सिफारिस नभएका आयोजनाले…

thumbnail

गठबन्धन सही थियो भन्ने पुष्टि भयो : राष्ट्रिय जनमोर्चा

काठमाडौं । राष्ट्रिय जनमोर्चाले स्थानीय तह निर्वाचनमा सत्तारुढ दलबीच भएको गठबन्धन सफल भएको निष्कर्ष निकालेको छ । सोमबार बसेको पार्टीको केन्द्रीय सचिवालयको विस्तारित बैठकले स्थानीय तह निर्वाचनमा सत्तारुढ गठबन्धन नेकपा एमालेलाई परास्त…