सत्ता कब्जा गरेपछि तालिवानले सार्वजनिक गर्‍यो पहिलो बजेट

एजेन्सी । तालिवानले अगस्टमा सत्तापलट गरेपछि पहिलो पटक बजेट सार्वजनिक गरेको छ। तर, बजेटमा विदेशी सहयोगबारे केही उल्लेख गरिएको छैन्। सरकारले बुधबार सन् २०२२ को पहिलो चौमासिक खर्च ५३ अर्ब ९० करोड अफगानी (५० करोड ८० लाख डलर) अनुमोदन गरेको हो।

सम्पूर्ण खर्च सरकारी संस्थाहरुबाट बेहोर्ने जनाएको छ। महिनौंदेखि तलब नपाएका कर्मचारीहरुले जनवरीको अन्त्यदेखि तलब पाउने प्रवक्ता हक्मालले बताउनुभयो। त्यस्तै, तालिवान सत्तामा आएपछि कार्यलय जान नपाएका महिला कर्मचारीलाई पनि तलब दिइने उनले बताउनुभयो।

अफगानिस्तानको कूल ग्राहस्थ उत्पादनमा ४० प्रतिशत अन्तर्राष्ट्रिय सहयोगमा निर्भर रहेको थियो । यसअघि तालिवान सत्तामा आउनुअघिका सरकारले सार्वजनिक गर्ने बजेटको ८० प्रतिशत स्रोत विदेशी सहयोग हुने गथ्र्यो। तर, तालिवान सत्तामा आएसँगै पश्चिमा देशहरुले अबौं डलर सहयोग रोक्का गरिदिएका छन्।

अन्तर्राष्ट्रिय सहयोग रोक्का भएपछि अफगानिस्तानमा आर्थिक संकट चुलिएको राष्ट्रसंघले बताउँदै आएको छ। ‘पछिल्लो दुई दशकमा पहिलो पटक हामीले विदेशी सहयोगमा निर्भर नहुने गरी बजेट घोषणा गरेका छौं, जुन हाम्रा लागि ठूलो उपलब्धी हो,’ तालिवान सरकारका अर्थमन्त्रालयका प्रवक्ता अहमद वाली हाकमलले भन्नुभयो। नागरिक खबरबाट

सम्बन्धित समाचार

thumbnail

टेक्सासमा तीन प्रहरी अधिकारीमाथि गोली प्रहार

एजेन्सी । टेक्सासको डाउनटाउन ह्युस्टन नजिकै झडपमा तीन प्रहरी अधिकारी माथि गोली प्रहार भएको छ । संदिग्ध व्यक्ति सेतो मर्सिडीजमा भागेको प्रहरीले जनाएको छ। प्रहरीकाअनुसार, तीन अफिसरहरू माथि म्याकगोवेन सेन्टको २१०० ब्लकमा…

thumbnail

टी–२० विश्वकप खेल्न नेपाल विश्व छनोटको फाइनलमा पुग्न पर्ने

काठमाडौँ । आइसिसी पुरूष टी–२० विश्वकपअन्तर्गत समूह ‘ए’ को छनोट प्रतियोगिता आगामी फागुन ६ गतेदेखि ओमानमा हुँदैछ। समूह ‘ए’ मा नेपाल र आयोजक ओमानसहित बहराइन, क्यानडा, जर्मनी, आयरल्यान्ड, फिलिपिन्स र युएई गरी…

thumbnail

पोर्चुगलमा एक नेपाली युवकद्वारा आत्महत्या

पोर्चुगल । विगत तीन वर्षदेखि पोर्चुगलमा बसोबास गर्दै आएका एक नेपाली युवकले आत्महत्या गरेका छन् । गैरआवासीय नेपाली संघ पोर्चुगलका महासचिव राज कुमार थापाका अनुसार ३८ वर्षीय तर्कराज भट्टले बिहीबार रुखमा झुण्डिएर…