चीनसँगको सीमा समस्याबारे अध्ययन गरेर आधिकारिक धारणा सार्वजनिक गर्छौँ : मन्त्री कार्की

काठमाडौँ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले चीनसँगको सीमा समस्या बारे सरकारले अध्ययन गरेर मात्र आधिकारीक धारणा सार्वजनिक गर्ने बताउनुभएको छ ।

विभिन्न अन्तर्राष्ट्रिय मिडियाले एक गोप्य प्रतिवेदनलाई उद्धृत गर्दै चीनले नेपाली भूमि अतिक्रमण गरेका समाचार प्रकाशित गरेकै दिन उहाँले यस्तो प्रतिक्रिया दिनुभएको हो । ‘रिपोर्टको आधारमा होइन, वास्तविकताको आधारमा उपयुक्त समयमा राम्रोसँग अध्ययन गरेर सरकारले आधिकारिक धारणा सार्वजनिक गर्छ,’ मंगलबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री कार्कीले भन्नुभयो ।

उहाँले भारत र चीनसँगको सीमा समस्या कूटनीतिक ढंगले सरकारले समाधान गर्ने समेत बताउनुभयो । भारत र चीनसँग सीमा समस्या आउन नदिन सरकार प्रयत्नसील रहेको उहाँले जनाउनुभयो । ‘हाम्रो सीमा चाहे भारतसीत होस् या चीनसँग, सीमामा कुनै समस्या छन् भने ती समस्या हामी कूटनीतिक ढंगले समाधान गर्छौँ । यी समस्याहरु आउनु हुन्न र आउन नदिनको निम्ति सरकार सधैँ प्रयत्नसील रहन्छ,’ उहाँले भन्नुभयो । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार