कांग्रेसको पदाधिकारी बैठक आज दिउँसो ३ बजे बस्दै

काठमाडौँ । आज नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै छ। बैठक दिउँसो तीन बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बताईएको छ।बैठकमा बिहीबार भोलि बस्ने केन्द्रीय कार्य सम्पादन समितिको बैठकका एजेण्डाबारे छलफल हुने छ।

बैठकमा स्थानीय तहको निर्वाचन, एमसीसी परियोजना, १६ जिल्लामा बाँकी अधिवेशन, म्याद सकिएका भ्रातृ संस्था लगायतका विषयमा पनि छलफल हुनसक्ने कांग्रेसले जनाएको छ। nagariknews.nagariknetworkबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार