
काठमाडौँ । स्थानीय तह निर्वाचनबारे छलफल गर्न नेपाली कांग्रेसको पदाधिकारी बैठक आज पनि बस्दै छ । दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने भएको हो ।
आसन्न स्थानीय तह निर्वाचन, म्याद सकिएका भ्रातृ तथा शुभेच्छुक संगठन र बाँकी रहेको जिल्ला अधिवेशनलगायत विषयमा बैठकमा छलफल हुने बताइएको छ । आगामी कार्यसम्पादन समितिको बैठकका एजेन्डाबारे पनि पदाधिकारी बैठकमा छलफल हुने छ ।
यसैबीच, पदाधिकारी बैठकअघि डा.शेखर कोइराला समूहले छुट्टै छलफल गर्दै छ । पदाधिकारी र कार्यसम्पादन समिति बैठकका लागि रणनीति तय गर्न पदाधिकारी र कार्य सम्पादनमा रहेको आफूपक्षीय नेताहरु राखेर डा.कोइरालाले दिउँसो १ बजे छलफल गर्न लाग्नुभएको हो। नागरिक खबरबाट