इलामको सुकिलुम्बा विमानस्थलमा परीक्षण उडान

काठमाडौं । इलामको सुकिलुम्बा विमानस्थलमा परीक्षण उडान गरिएको छ । नेपाल एयरलाइन्सको ट्वीनअटर विमानबाट बुधबार परीक्षण उडान भएको हो ।नेपाल एयरलाइन्सका अपरेसन विभाग प्रमुख दीपु ज्वार्चनका अनुसार जहाज बिहान १० बजे विमानस्थलमा सुरक्षित अवतरण गरेको छ ।

पहाडी इलाकामा निर्मित यो सबैभन्दा कान्छो विमानस्थल हो । काठमाडौंबाट ५५ मिनेटको उडानमा जहाज इलाम पुगेको हो ।यो विमानस्थलमा तारा एयरले १२ वटा उडान गर्ने गरी जिम्मेवारी लिइसकेको छ । इलाम नगरपालिकासँगको सहकार्यमा ताराले जहाज उडाउने भएको छ । इलामका लागि नियमित उडानको भाडा काठमाडौंबाट ८ हजा ७ सय रुपैयाँ तोकिएको छ । अनलाइनखबरबाट

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार