चुनाव खर्च जुटाउन ठूलो दबाबमा छौं : अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले स्थानीय तह निर्वाचन सम्पन्न गराउन माग भएको बजेट व्यवस्थापन गर्न दबाब परेको बताउनुभएको छ । सरकारले आगामी बैशाख ३० गते एकै चरणमा सम्पन्न गर्नेगरी मतदान मिति तोकिसकेको छ ।

चालू आर्थिक वर्षको बजेटको अर्थ वार्षिक मूल्याङ्कन प्रतिवेदन सार्वजनिकीकरण कार्यक्रममा बोल्दै मन्त्री शर्माले चुनावका लागि बजे व्यवस्थापन गर्न समस्या परेको बताउनुभएको हो ।

वार्षिक बजेटमा चुनावका लागि १० अर्ब रुपैयाँ छुट्याइएको छ, तर विभिन्न निकायबाट ५९ अर्ब रुपैयाँ माग भएको छ’ अर्थमन्त्रीले भन्नुभयो, ‘स्रोत व्यवस्थापन कसरी गर्ने भन्ने ठूलो दबाबमा छौं, दातालाई आग्रह गर्नेदेखि राजस्व वृद्धि गरेर जसरी हुन्छ स् खर्च जुटाउनुपर्ने बाध्यतामा छौं ।’ रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार