
काठमाडौं । मधेस प्रदेश नाम राख्न माओवादी केन्द्रले ठूलो संघर्ष गरेको बताउदै मन्त्री भरतप्रसाद साहले अब मधेसी जनताले माओवादीप्रति कुनै गुनासो गर्ने ठाउँ नरहेको पनि उहाँले जिकिर गर्नुभयो ।
गौशाला–८ स्थित सोनी खोल्सीमा सुधार केन्द्रको भवन शिलान्यास कार्यक्रममा मन्त्री साहले मधेसी दल नै मधेसीको पहिचानलाई कुण्ठित गर्नेतर्फ लागिरहेका बेला मधेसमा मधेस प्रदेश नामले पनि राहत प्रदान गरेको बताउनुभयो । ‘हाम्रो पार्टीले सदियौँदेखि पहिचानसहितको मुद्दा उठाउँदै आएको छ । यो मधेस प्रदेश नामकरण पनि ऐतिहासिक सफलता हो,’ उहाँले भन्नुभयो । रातोपाटीबाट