
काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय, प्रदेश र संघका तीनवटै चुनावमा आफ्नो पार्टीले बहुमत ल्याउने दाबी गर्नुभएको छ । स्थानीय तहको चुनावको सन्दर्भमा एमालेले आयोजना गरेको प्रशिक्षण र अभिमुखीकरण कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै अहिले सत्ता गठबन्धनलाई पराजित गर्ने दाबी गर्नुभयो ।
‘आउँदो निर्वाचनमा हामी बहुमत जित्छौँ अरु के गर्लान् विचरा ! भाग्ने उम्कने ठाउँ छ भने खोजे हुन्छ । संघीय र प्रदेशमा पनि हामी आगामी निर्वाचनमा बहुमत प्राप्त गर्नेछौँ । गठबन्धनसँगै लडेर बहुमत प्राप्त गर्नेछौँ,’ उहाँले भन्नुभयो । उहाँले अब मतपत्र च्यातेर चुनाव जित्ने सपना नदेख्न आग्रह गर्नुभयो। ‘अब निर्वाचनमा बत्ती निभाएर मतपत्र च्यातेर जित्ने सपना नदेखे हुन्छ,’ ओलीले भन्नुभयो । उहाँले पार्टी विभाजनको असर कम नै रहेको दाबी गर्नुभयो । नागरिक खबरबाट