एमसीसी पारित गर्नुपर्छ : डा.कोईराला

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शशांक कोईरालाले आगामी स्थानीय तह निर्वाचनमा कांग्रेसले कुनै पार्टीसँग गठबन्धन गर्न नहुने बताउनुभएको छ ।

बिहीबार बसेको नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठकमा बोल्दै नेता कोईरालाले आगामी स्थानीय तहको निर्वाचनमा कुनै पार्टीसँग गठबन्धन गर्न नहुने धारणा राख्नुभएको हो । बैठकपछि सञ्चारकर्मीलाई संक्षिप्त रुपमा प्रतिक्रिया दिदैँ उहाँले बैठकमा आफ्नो अस्तित्व जोगाउनका लागि अन्य पार्टीसँग नमिलि एक्लै जानुपर्ने धारणा राखेको बताउनुभएको हो।

उहाँले भन्नुभयो– ‘मैले के भने भने हामी आफ्नै अस्तित्व जोगाउनुपर्छ। हामी कोही अर्को पार्टीसँग नमिलेर हामी जानुपर्छ भनेर मैले मात्रै बोले यसको बारेमा। मैले स्पष्टताका साथ राखें।’ नेता कोईरालाले एमसीसी परियोजना पारित गर्नुपर्ने बताउनुभएको छ । स्थानीय तहको निर्वाचन नजिकै आएकाले पार्टीको भातृसंगठनहरुको अधिवेशन निर्वाचनपछि गराउने कुरा भएको पनि उहाँले बताउनुभयो । nagariknews.nagariknetworkबाट

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार