
काठमाडौं । नेकपा एकीकृत समाजवादी निकट भ्रातृ संगठनहरुले अमेरिकी सहयोग परियोजना एमसीसीको विरोधमा प्रदर्शन गरेका छन् । आइतबार माइतीघर मण्डलामा भेला भएर सो पार्टी निकट भ्रातृ संगठनहरुले एमसीसीविरुद्ध प्रदर्शन गरेका हुन् ।
नेपाल खेलकुद महासंघ समाजवादी, अखिल नेपाल महिला संघ समाजवादी, अखिल नेपाल किसान महासंघ, युवा किसान संघ लगायतका भ्रातृ संस्थाहरुले विरोध प्रदर्शन गरेका छन् । सो पार्टीका अध्यक्ष माधव कुमार नेपालले यसअघि देशको अहित नहुनेगरी एमसीसी अगाडि बढाउन चाहेको बताएका थिए ।
एमसीसीका कारण रणभूमि बनाउने पक्षमा आफूहरु नरहेको उल्लेख गर्दै नेता नेपालले देशको हितमा कुठाराघात नहुने गरी एमसीसीलाई अघि बढाउन आफूले चाहेको बताएका थिए । नागरिक खबरबाट