आफूहरूको माग सम्बोधन नगरी संसद बैठक चल्न दिँदैनौँ : भट्टराई

काठमाडौँ । नेकपा (एमाले) सचिव तथा सांसद योगेश भट्टराई आफूहरूको माग सम्बोधन नगरेसम्म संसद चल्न नदिने बताउनुभएको छ ।

प्रतिनिधिसभाको बैठकमा सहभागी भएर बाहिरिने क्रममा उहाँले एमालेले उठाएको विषयलाई सम्बोधन नगरी राखिने बैठकमा अवरोध भइरहने बताउनुभएको हो । एमालेले आफूले कारबाही गरेका १४ जना सांसद्लाई पदमुक्त गर्नुपर्ने माग गर्दै आएको छ । nagarikkhabar

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार