कमल थापाले भोलि पार्टी घोषणा गर्ने

काठमाडौँ । कमल थापाले शनिबार आफ्नो अध्यक्षमा राप्रपा नेपाल पार्टीको घोषणा गर्दै हुनुहुन्छ । ७ फागुन प्रजातन्त्र दिवसको दिन शनिबार राप्रपा नेपालको घोषणा गर्न लागेको शुक्रबार जानकारी दिँदै उहाँले आफूले विगतमा साथ दिएका नेता तथा कार्यकर्तालाई राप्रपा नेपालमा आउन आह्वान गर्नुभएको हो ।

अध्यक्षमा राजेन्द्र लिङ्देनसँँग पराजित भएपछि राप्रपा परित्याग गरेका थापाले आफू पाँंच वर्षको अलमलपछि आफ्नो घर (राप्रपा नेपाल) फर्किएको बताउनुभयो । राप्रपा नेपाललाई पुनर्जागृत गरेको बताउँदै कार्यकर्ता र नेताहरूलाई आह्वान गर्दै थापाले भन्नुभयो, ‘विगतका गल्ती कमजोरीहरू सच्याउँदै नयाँ ऊर्जा र गतिका साथ अघि बढ्ने संकल्प गरेका छौँ। यो नयाँ यात्रामा सबैको सहयोग र सद्भावको निम्ति अपिल गर्दछु। विगतमा सँगै काम गरेका साथीहरूलाई यो यात्रामा साथ दिन र सहभागी हुन आह्वान गर्दछु ।’ रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार