युएईविरुद्ध नेपाललाई १७६ रनको लक्ष्य

काठमाडौँ । नेपालले मंगलबार टी–२० विश्वकप छनोटको सेमिफाइनलमा यूएईविरूद्धको खेल जित्न १ सय ७६ रनको लक्ष्य पाएको छ । यूएईले ओमानको मस्कटमा टस जितेर ब्याटिङ रोज्दै ७ विकेट गुमाई १ सय ७६ रन बनायो । युएईबाट मोहम्मद वासिमले सर्वाधिक ७० रन बनाउनुभयो । उहाँले ४८ बल खेली समान ४ चौका र छक्का प्रहार गर्नुभयो। भृत्या आनन्दले २३ बलमा ५ चौका र ३ छक्का प्रहार गरी ४६ रन बनाउनुभयो ।

नेपालबाट जितेन्द्र मुखिया र अविनाश बोहराले ३–३ विकेट लिनुभयो। जितेन्द्रले ३ ओभरमा ३५ र अविनाशले ४ ओभरमा ४६ रन खर्चिनुभयो।जितेन्द्रले चिराग सुरीलाई ४ रनमा बोल्ड गरि नेपाललाई राम्रो सुरुआत दिलाउनुभएको थियो । तर अरविन्द र वासिमले आक्रामक खेल्दै युएईलाई राम्रो स्कोरमा उभ्याउनुभयो। यी दुई सबै नेपाली बलरमाथि हावी भएका थिए । कप्तान सन्दीप लामिछानेले कसि कसाउ बलिङ गरि नेपाललाई खेलमा फर्काउनुभयो। सन्दीपले ४ ओभरमा २४ रन खर्चिनुभयो।

नेपाल टोलीमा कुशल मल्लको स्थानमा अर्का अलराउन्डर विवेक यादवलाई राखिएको छ । यस खेलमा जित्ने टोली यसै वर्ष अस्ट्रेलियामा हुने टी–२० कपमा पुग्ने छ । दुबै टोली ८ वर्षपछि पहिलो पटक विश्वकपमा पुग्ने दाउमा छन् ।नेपाल र यूएई दुबैले पछिल्लो पटक २०१४ मा ट्वान्टी–२० विश्वकप खेलेका थिए । त्यसयता दुबै टोली पहिलो पटक टी–२० विश्वकप पुग्ने प्रयासमा छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार