‘व्याख्यात्मक घोषणा’प्रति भीम रावलको टिप्पणी : जनतालाई ठग्न लागियो !

काठमाडौँ । काठमाडौं एमाले नेता भीम रावलले एमसीसी सम्झौता सरकारको एकपक्षीय संकल्प प्रस्ताव वा ‘व्याख्यात्मक घोषणा’ ले सच्चिन्छ भनेर जनतालाई ठग्न लागिएको टिप्पणी गर्नुभएको छ ।आइतबार सत्तारुढ दलले एमसीसीको व्याख्यात्मक घोषणासहित संसदबाट अनुमोदन गर्ने निर्णय गरेसँगै नेता रावलले ट्वीट गर्दै यस्तो टिप्पणी गर्नुभएको हो।

‘एमसीसी सम्झौताका राष्ट्रघाती प्रावधान सरकारको एकपक्षीय संकल्प प्रस्ताव वा ’व्याख्यात्मक टिप्पणी’ बाट सच्चिने कुरा गर्नु जनतालाई ठग्नु हो’, रावलले यसलाई महाकाली सन्धिको संकल्प प्रस्ताव जस्तै भएको समेत बताउनुभएको हो । ‘यो महाकाली सन्धिको ’संकल्प प्रस्ताव’ जस्तै निहित सत्ता स्वार्थका लागि विदेशीको भक्ति गरी मातृभूमिमाथि लात्ती बजार्नु जस्तै हो । देशघाती चरित्र !’, रावलको भनाइ छ । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार