रुसी फौजद्वारा युक्रेनको अर्को शहरमाथि कब्जा

एजेन्सी । युक्रेनमाथि आक्रमण जारी राखेको रुसले पछिल्लो पटक दक्षिणी शहर खेअरसनमाथि नियन्त्रण कायम गरेको समाचार आएको छ ।

साढे दुई लाख जनसङ्ख्या रहेको खेअरसन शहरका मेयरले खानेकुरा र औषधि आपूर्तिको सुनिश्चितताका लागि सहायता निकाय तथा सरकारहरुलाई गुहारेका छन्।

त्यसैगरी घाइतेहरूको उद्धारमा सघाउन पनि उहाँले अपिल गर्नुभएको छ । स्थानीय परिषद्‌का एक सदस्यले आक्रमणमा परी दुई सयभन्दा बढी व्यक्ति मारिएको र तीमध्ये धेरै सर्वसाधारण रहेको बताउनुभएको छ । bbcबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार