
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महाधिवेशनपछि केन्द्रीय कमिटी विस्तार फलामको चिउरा जस्तै भएको बताउनुभएको छ । सोमबार बसेको केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डले विधानअनुसार समानुपातिक, समावेशी क्लस्टर मिलाउनुपर्दा केन्द्रीय कमिटी बनाउन फलामको चिउराजस्तै भएको बताउनुभएको हो।
केन्द्रीय समिति चयन फलामको चिउरा जस्तै भयो । सिनियर छुट्ने, जुनियर आउने देखियो’, अध्यक्ष प्रचण्डले बैठकमा यसअघि २४७ सदस्यीय केन्द्रीय समिति आयोगमा बुझाए पनि बाँकी संख्या चयन गर्न कठिन भएको हो । त्यसक्रममा उहाँले २९९ र मनोनित गर्ने ४५ जना गरी ३४४ जनाको केन्द्रीय कमिटी बनाउन समस्या भएको बताउनुभयो । रातोपाटीबाट