तरुण कप प्रदेश सभा क्षेत्र ‘क’ को भलिबल प्रतियोगिताको तयारी पुरा , ट्रफी सार्वजनिक

  म्याग्दी न्युज संवाददाता

बेनी । नेपाली कांग्रेसको भातृ संस्था नेपाल तरुण दल म्याग्दीको आयोजनामा संचालन हुन गइरहेको तरुण कप भलिबल प्रतियोगिता प्रदेशसभा  क्षेत्र ‘क’ को तयारी पुरा भएको छ ।सोमबार बेनी स्थित कांग्रेस पार्टी कार्यालयमा एक कार्यक्रमका बिच ट्रफी सार्वजनिक समेत गरिएको छ ।

म्याग्दी क्षेत्र ‘क’ अन्तर वडा क्षेत्रीय पुरुष भलिबल प्रतियोगिता यही फागुन १४, १५ र १६ गते अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर ४ नारच्याङमा हुने प्रतियोगिताको तयारी पुरा भएको तरुण दल म्याग्दीका अध्यक्ष श्री प्रसाद रोकाले जानकारी दिनुभयो । उहाँका अनुसार १४ गते बिहान ८ बजे नै खेल सुरु हुनेछ । रघुगंगा गाउँपालिका, बेनी नगरपालिका र अन्नपूर्ण गाउँपालिकाका २२ टिमले प्रतियोगितामा सहभागीता जनाउने आयोजकले जनाएको छ । प्रतिनिधि सभा सदस्य तथा पुर्व मन्त्री मोहनबहादुर बस्नेतले कार्यक्रमको उद्घाटन गर्नुहुने भएको छ ।

प्रतियोगितामा प्रथम पुरस्कार १ लाख ११ हजार १ एक ११ रुपैयाँको प्रायोजन नेपाली कांग्रेस काठमाडौँ सम्पर्क समितिले गरेको छ । त्यस्तै द्धितिय पुरस्कार ६६ हजार ६ सय ६६ हाल अमेरिका रहेका मालिका  गाउँपालिका तरुणदल सदस्यहरुले प्रायोजन गरेको  म्याग्दीका सचिव सुमन बानियाँले जाकारी दिनुभयो । त्यस्तै जिल्ला पालिका स्तरीय महिला महिला भलिबल प्रतियोगिताको प्रथम पुरस्कार ७७,७७७ बेनी नगरपालिका -५ घर भइ  हाल अमेरिका निवासी पूर्व तरुण दल सदस्य राजेन्द्र केसीले प्रायोजन गर्नुभएको छ । त्यस्तै द्धितिय पुरस्कार ४४,४४४ ठूलो खोला हाइड्रो पावर चिमखोलाले गरेको छ । साथमा ट्रफी मेडल र प्रमाण पत्र पाउनेछन् । प्रेत्यक साँझ तरुण साँझ समेत आयोजना हुने भएको छ ।

उक्त प्रतियोगितामा राष्ट्रिय लोकदोहोरी कलाकार रबि कार्कीको प्रस्तुती समेत रहने आयोजकले जनाएको छ । प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई पाँच हजार र प्रत्येक खेलमा प्लेयर अफ दि म्याच समेत पाउनेछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार