श्रीलंका नेभीलाई नेपालले दियो २१५ रनको लक्ष्य

काठमाडौँ । अभ्यासका लागि श्रीलंका भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले पहिलो अभ्यास खेलमा श्रीलंका नेभीलाई २१५ रनको लक्ष्य प्रस्तुत गरेको छ । एकदिवसीय अभ्यास खेलमा टस जितेर ब्याटिङ गरेको नेपालले ३७ ओभर एक बलमा पूरा विकेट गुमाउँदै २१४ रन जोडेको हो ।

नेपालका दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ४३ रन बनाए । यस्तै, आशिफ शेखले ३६, विनोद भण्डारी २२, करण केसी १६, कमलसिंह ऐरी १५, कुशल भुर्तेल १३, रोहित पौडेल १३, सागर ढकाल १३, कप्तान सन्दीप लामिछाने ११, विक्रम सोब ११, र ज्ञानेन्द्र मल्लले दुई रन मात्र जोडे ।

श्रीलंका नेभीका लागि ए अकुरुगोडाले सर्वाधिक चार तथा अवादतले तीन विकेट हात पारे । नेपालले ११ मार्चसम्म श्रीलंकामा अभ्यास खेल खेल्ने छ । नेपाली क्रिकेट टिम आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्न १४ मार्चमा श्रीलंकाबाट सिधैँ युएइ जाने तालिका छ । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार