नेपाल बारको अध्यक्षमा सत्ता गठबन्धनबाट गोपालकृष्ण उम्मेदवार

काठमाडौं । नेपाल बार एशोसिएसनको अध्यक्षमा सत्तारुढ गठबन्धनबाट गोपालकृष्ण घिमिरे उम्मेदवार बन्ने हुनुभएको छ । घिमिरे नेपाली कांग्रेसको निर्वाचन समिति संयोजक हुनुहुन्छ । अध्यक्षका लागि बारका पूर्वमहासचिव सुनिल पोखरेल पनि दाबेदार हुनुहुन्थ्यो । तर पार्टी सभापति शेरबहादुर देउवा निकट घिमिरेले टिकट पाउनुभएको छ । यसैगरी महासचिवमा अंकिता खनाल उम्मेदवार बन्ने सहमति भएको छ ।

नेपाल बार एशोसिएसनको चैत १९ गते हुने अधिवेशनमा सत्तारुढ गठबन्धनमा रहेका तीन दलले मोर्चाबन्दी गर्नुभएको छ । नेपाली कांग्रेस निकट कानुन व्यवसायी अध्यक्ष र नेकपा माओवादी केन्द्र निकट कानुन व्यवसायी महासचिव रहने गरी तीन दलले मोर्चावन्दीको निर्णय गरेका हुन् । नेकपा एकीकृत समाजवादी निकट कानुन व्यवसायीले उपाध्यक्ष पद पाउनेछन् । बार एशोसिएसनको देशभर ११ हजार जना भन्दा बढी सदस्य रहेका छन् । अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार