
पोखरा । जनता समाजवादी पार्टी (जसपा) का ९ केन्द्रीय सदस्यसहित ४ सयजनाभन्दा बढी नेता कार्यकर्ता आज एमाले प्रवेश गरेका छन् ।उनीहरुलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पोखरामा आयोजित कार्यक्रममा स्वागत गर्नुभएको छ । केन्द्रीय सदस्य देवी सुवेदी र संविधान सभा सदस्य डिबी नेपालीसहित ४ सय जना नेता कार्यकर्ता एमाले प्रवेश गरेका हुन् ।
सुवेदी र नेपालीसहित संविधानसभा सदस्य थिए । कशिम अलि सिद्धिकी, जसपा केन्द्रीय सदस्यसमेत रहेका समाजवादी दलित मुक्ति महासंघका अध्यक्ष रामबहादुर नेपाली, केन्द्रीय सदस्य विष्णुजंग बस्नेत, मनकुमारी बुढा, राजन कार्की, पार्वती जिसी, तारा नेपाली, गोपेन्द्रकेशरी न्यौपाने, चन्दा विश्वकर्मा र पर्वत जिल्ला अध्यक्ष नवीन पुन एमाले प्रवेश गरेका छन् ।
त्यस्तै प्रदेश पदाधिकारी तथा सदस्य १३ जना, जिल्ला सदस्य १२ जना, भ्रातृसंगठनका अध्यक्ष ३ जना र अरु पार्टी सदस्यसहित ४ सयजना एमालेमा प्रवेश गरेका हुन्।सुखी नेपाली समृद्धि नेपाल बनाउन एमालेको विकल्प देखेनौँ,’ सुवेदीले एमाले प्रवेश गर्दै भनेका छन्, ‘राष्ट्रियताको रक्षा गर्न पनि एमाले नै अब्बल देखियो ।’ नागरिक खबरबाट