
तनहुँ । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले नेपाल तरूण दललाई बलियो बनाउनुपर्ने बताउनुभएको छ । तरूण दल कांग्रेसको मेरूदण्ड मात्र नभई भोलि नेपाल चलाउने नेतृत्व यसबाट आउने भएकोले तरूणको भूमिका महत्वपूर्ण रहने उहाँले बताउनुभयो।
तरूण दल तनहुँले आयोजना गरेको कार्यक्रममा धारणा राखेका केन्द्रीय सदस्यमेत रहेका पौडेलले भन्नुभयो, ‘तरूण दल कांग्रेसका लागि लड्ने हतियार मात्र नभई भोलिको नेपाल चलाउने नेतृत्व हो।’उहाँले तरूण दललगायत भातृ संगठनमा छिटो नेतृत्व आउनुपर्ने पनि बताउनुभयो।
तरूण दल अध्यक्ष जितजंग बस्नेत कांग्रेस केन्द्रीय सदस्य भएपछि उक्त पद रिक्त छ। कांग्रेसले तरूण दल, नेविसंघलगायतमा तदर्थ समिति गठन गर्ने तयारी गरेको छ।पौडेलले पार्टीलाई विधि र पद्धतिअनुसार सञ्चालन गरिनुपर्ने पनि बताउनुभयो । कांग्रेसलाई बलियो बनाउने हो भने भातृ तथा शुभेच्छुक संस्थालाई पनि क्रियाशील बनाउनुपर्ने उहाँको भनाइ थियो । सेतोपाटीबाट