चुनावी अभियानको रिपोर्टपछि तालमेलबारे निर्णय गर्छौं : सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले एक महिने चुनावी अभियानपछि मात्रै तालमेल गर्ने कि नगर्ने भन्नेबारेमा पार्टीले निर्णय गर्ने बताउनुभएको छ । काठमाडौंको आलोक नगरमा शुक्रबार बिहान आयोजित बुथ समिति गठन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले एक महिने अभियानबाट फर्केर रिपोर्ट ल्याएपछि आवश्यक निर्णय गर्ने उहाँले बताउनुभयो ।

चुनावी तालमेलका बारेमा अहिले कांग्रेसमा तीन थरी धारणा रहेको बताउँदै उहाँले भन्नुभयो, ‘घरघर जाऔं, नेपाली कांग्रेसलाई जिताऔं अभियानबाट रिपोर्ट ल्याएपछि वर्किङ कमिटीमा के गर्दा राम्रो हुन्छ त्यो निर्णय गर्छौं ।’आउने चुनावमा के गर्ने भनेर अहिले पार्टीभित्र तीन धारको कुरा आइरहेको पनि उहाँले बताउनुभयो । ‘एकथरी एक्लै जानुपर्छ, अर्कोथरी गठबन्धनलाई निरन्तरता दिनुपर्छ । एउटाले जिल्लालाई जिम्मा दिएर आवश्यकताअनुसार गर्नुपर्छ भन्छ,’ उहाँले भन्नुभयो ।

सत्तारुढ पाँच दलीय गठबन्धन कांग्रेसले चाहेरमात्रै नभएको बताउँदै उनले परिस्थितिज्य कारणले यो गठबन्धन बनेको र सोही अनुसार आवश्यक निर्णय लिइने उहाँले बताउनुभयो ।कांग्रेस सभापति शेरबहादुर देउवाले बिहीबार पर्सामा आयोजित एक कार्यक्रममा केन्द्रदेखि स्थानीय तहसम्म सत्ता गठबन्धन मिलेर जानुपर्ने अभिव्यक्ति दिएका थिए । अनलाइनखबरबाट

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार