
काठमाडौँ । निर्वाचन आयोग र राजनीतिक दलहरुबीच छलफल सुरु भएको छ । आयोगले बोलाएको सर्वदलीय बैठकमा राष्ट्रिय र अन्य साना दल सहभागी छन् ।
आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनबारे छलफल गर्न संघ, प्रदेश र स्थानीय तहका प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रतिनिधिहरुलाई छलफल गर्नका लागि बोलाएको हो । बैठकमा स्थानीय तह निर्वाचनबारे छलफल हुने छ ।
आयोगले छाप्ने हरियो रङ्गको मतपत्रबारे प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले प्रश्न उठाएकाले यसबारे पनि छलफल हुने छ । यद्यपि आयोगले यसअघि नै प्राविधिक सहजताका लागि हरियो मतपत्र छाप्ने निर्णय गरेको स्पष्ट पारिसकेको छ ।आगामी स्थानीय तह निर्वाचनमा ८० दलले आयोगमा दर्ताका लागि निवेदन दिएका छन् । नागरिक खबरबाट