ङ्गाबगरमा निर्माणाधीन तटबन्ध तत्काल रोकिनुपर्छ : रावल

काठमाडौँ । नेकपा एमाले नेता भीम रावलले सुदूरपश्चिमको दार्चुलाको बङ्गाबगरमा केहि दिनअघि भारतीय पक्षबाट एकतर्फी रुपमा तटबन्ध निर्माण गरिएको भन्दै यसलाई तत्काल रोक्नुपर्ने माग गर्नुभएको छ ।

आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै नेता रावलले भारतले अन्तर्राष्ट्रिय कानुन‚ दुई देशको छिमेकीको असल सम्बन्धको मान्यताविपरीत तटबन्ध निर्माण गरिएको र स्थानीयहरूले त्यसको विरोध गरिरहेकाले उक्त तटबन्ध निर्माणलाई तत्काल रोक्न माग गर्नुभएको हो ।

‘बङ्गाबगरमा निर्माण हुँदै गरेको तटबन्ध निर्माण कार्य रोकिुनपर्ने माग स्थानीयहरूले राख्दा नेपाल सरकारको तर्फबाट कुनै पनि पाइला चालेको देखिएन‚’ उहाँले भन्नुभयो । त्यहाँका जनताले आफ्नो भौगोलिक अखण्डताको रक्षाका लागि महाकाली नदीलाई नेपालतिर फर्काउन लागेका भारतका गाडीलाई ढुंगाले हान्नुपर्ने स्थिति आइपर्नु लज्जास्पद भएको उहाँले बताउनुभयो ।

केहि समयअघिको बाढीबाट त्यहाँको गल्फाईंमा वन कार्यालय र भूसंरक्षण कार्यालय नै महाकाली नदीको पारिपट्टी भारततर्फ परेको बताउँदै नेता रावलले त्यसबेला पनि भारतले एकतर्फी रुपमा तटबन्ध बनाउन खोजे पनि विरोध भएपछि रोकिएको उहाँले दाबी गर्नुभयो ।‘नेपाली नागरिकको स्वाभिमान र स्वतन्त्रतामाथि आँच आउने कुरामा यदि सरकारले ध्यान नदिने हो भने त्यस्तो सरकार जनविरोधी र अलोकतान्त्रिक सरकार ठानिन्छ‚’ उहाँले भन्नुभयो । ekantipurबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार